वंगलादेशको राजधानी ढाकामा विद्यार्थीहरुले चीन विरुद्ध मानव साँग्लो बनाएर विरोध प्रदर्शन गरेका छन् ।
बंगलादेश मुक्तिजुद्दा मञ्चको आयोजनामा राजधानी ढाकामा रहेको राष्ट्रिय संग्राहलय अगाडी बृहत मानव साँग्लो बनाउँदै विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा चीनमा पढिरहेका करिब पाँच हजार विद्यार्थीलाई आफ्नो पढाइ निरन्तरताका लागि चीन फर्किन अुनमती दिन माग गरिएको छ । शनिबार दिउँसो सहबाग सहरमा पनि प्रदर्शन गरिएको छ । संगठनका उपाध्यक्ष तथा मोहम्मद अल ममुनका महासचिव सहीन सिग्दरको नेतृत्वमा मानव साँग्लो बनाएर प्रदर्शन गरिएका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरु उपाध्यक्ष रोमन होसयन, डियू शाखाका अध्यक्ष सोनेट महमुद, महासचिव तोउडुल इस्लाम महिम, रासा, मिजानुर रहमान, हसिब, कमरुल हसनलगायतले ढाकाका विद्यार्थीहरुलाई विभेद गरेर उनीहरुको अध्ययनमा बाधा पुर्याउन खोजेको बताएका छन् ।
सोनेटले चीन सरकारको दोहोरो र विभेदकारी नीतिको चर्को आलोचना गरेका छन् । उनले करिब पाँच हजार बंगलादेशका विद्यार्थीहरुलाई चीनले अन्याय गरेको बताए । उनले चीन फर्किने पर्खाइमा रहेको विद्यार्थीहरुलाई चाँडो फर्किर आफ्नो अध्ययनलाई निरन्तरता दिने वातावरण सिर्जना गरिदिन माग गरेका छन् ।
उनले चीनले जानाजान बंगलादेशका हजारौं विद्यार्थीको भविष्य अन्योलमा पार्न नपाउने समेत बताएका छन् । चीन फर्किन पर्खिरहेका बंगलादेशी विद्यार्थीले अन्य मुलुकका विद्यार्थीहरुलाई चीनले अनुमति दिएको भए पनि बंगलादेशका विद्यार्थीहरुलाई चीन फर्किन नदिएको भन्दै आपत्ति जनाएका हुन् । चीनले आफूहरुलाई पूर्वाग्रहीरुपमा व्यवहार गरेको उनीहरुको आरोप लगाएको छ ।
यता, नेपाली विद्यार्थीहरु पनि चीन फर्किन पाएका छैनन् । उनीहरुले पनि यसअघि चिनियाँ दूतावास अगाडि धर्ना दिएका थिए । चीनले कोरोना महामारीलाई कारण देखाउँदै विभिन्न मुलुकका विद्यार्थीहरुलाई फर्किन दिएको छैनन । जसले गर्दा चीनमा छात्रवृत्ति तथा विभिन्न माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थीहरुको अध्ययन अपूरो हुने र भविष्य नै अन्धकार हुने भएको छ । नेपाल सरकारले पनि यसका लागि कुनै पहल गर्न सकेको छैन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन