१८ तल्ले भ्यूटावरको निर्माण कार्य ५५ प्रतिशत प्रगती

439 Shares

झापा, २ फागुन । झापा जिल्लाको दमक स्थित दापगाँछीमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन गर्ने स्तम्भ (भ्यूटावर) को भौतिक पूर्वाधारको काम हाल सम्म ५५ प्रतिशत निर्माण सम्पन्न भएको छ ।
एक सय मिटर अग्लो र १८ तल्लाको सो भ्यूटावरको बेसमेन्ट र नौ तलासम्मको निर्माण पूरा दशौं तल्लाको ढलान भइरहेको प्रोजेक्ट म्नयानेजर सर्जल बिडारीले बताए ।
चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् । कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्रगतिमा निर्माण कार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको प्रोजेक्ट म्नयानेजर सर्जल बिडारी भनाइ छ । दमक नगरपालिका–३ दापगाँछीमा पाँच बिघा जग्गामा भ्यूटावरको निर्माण भइरहेको छ ।
नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी निर्माण कार्य तोकिएकै अवधिमा सम्पन्न गर्न भनेका थिए । तर कोरोना महामारीका कारण निर्माण अवधि अझ थापा गर्नु पर्ने भएको छ । ३० महिनामा सक्नु पर्ने भनिएको योजनाको समयावधि सकिए सम्म ५५ प्रतिशत काम भएको छ । २०७८ साल पुष २७ गते योजनाको म्याद सकिएको छ र म्याद थपका लागि फायल मन्त्रालयमा जम्मा गरिएको बुझिएको छ । ‘कोभिडको यो लहर नआइदिएको भए काम अझ द्रुतगतिमा हुन्थ्यो’, प्रोजेक्ट म्नयानेजर सर्जल बिडारीले भने, ‘महामारीमा पनि हामि सतर्काक भएर काम गर्दै छौं ।’
हाल भ्यूटावरमा १०० भन्दा बढी कामदारले दैनिक काम गरिरहेका छन् । म्याद थप भएपछि १५ महिनामा काम सक्ने गरि तयारी गरिरहेको प्रोजेक्ट म्नयानेजर सर्जल बिडारीले बताए । २०७८ पुस २७ गते निर्माण सम्पन्न गर्ने गरी भ्यूटावर परियोजनाको ठेक्काको सम्झौता ०७६ असार २७ मा भएको थियो तर तोकिएको मितिमा कोभिड–१९ का कारण निर्माण सम्पन्न हुन नसकेकोले नेपाल सरकारसँग म्याद थपका लागि पहल भइरहेको उनले बताए ।
अठार तलाको भ्यूटावर १०० मिटर अग्लो हुने भए पनि त्यसको ७२ मिटर भाग मात्र पक्की संरचना हुने र बाँकी टुप्पोतिरको २८ मिटर भाग मेटल फ्रेमको बनाइने भएको छ । सात कठ्ठा क्षेत्रफलमा भ्यूटावरको संरचना बनिरहेको छ । टावरको सबैभन्दा तल्लो तलामा गाडी पार्किङस्थल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।