406
Shares
काठमाडौं, ३ फागुन । चार किलो सुन बोकेर दुवईबाट नेपाल आएका चिनियाँ नागरिक पक्राउ परेका छन् । शनिबार बिहान ९ बजेटको हिमालयन एयरलाइन्सको फ्लाइटबाट काठमाडौं आएका चिनियाँ नागरिक पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जानकारी दिएका हुन् ।
चिनियाँ नागरिक झांग लिले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको भन्सार कार्यालयलाई छलेर अगाडी बढेका थिए । उनीमाथि शंका लागेर नेपाल प्रहरीको सहयोगमा चेकजाँच गर्दा ४ किलो ८४० ग्राम सुन भेटिएको भन्सार कार्यालयले जानकारी दिएको छ ।
चेकजाँचका क्रममा उनले अवैधरूपमा सुन ल्याएको पाइएपछि नियन्त्रणमा लिएर अनुन्धान अगाडि बढाइएको कार्यालयले जानकारी दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन