गौर, २४ फागुन । सीमा वारीपारीको अबैध कारोवार पूर्ण व्यवसायीकता हुँदै गएको सजिलै देख्न सकिन्छ ।
खुलेआम रुपमा सिमा पारी भारतीय बजारबाट सरकारी राजस्व छलेर लक्ष्मिपुर बेलविछवा क्षेत्रकै नजिकबाट मालसामानहरुको ढुवानी कार्य जारी छ तर जसका लागि तैनाथ गरिएको छ आँखा चिम्लेर बसिरहेका हुन् ।
सर्वसाधारणहरु केही सामानहरु ल्याएमा कयौं पटक केरकार गरी अनावश्यक दुख दिने गरेका सुरक्षामा खटिएकाहरुको आँखा अगाडीबाट कारोवारीहरु सामानहरु लगिरहदा पनि आँखा चिम्लेर बस्दा अचम्म मान्नुपर्ने केही छैनन् । किनभने ति कारोवारी काम गरेवापत साप्ताहिक वा दैनिक रुपमा नजराना चढाएर मात्रै आउने गरेको हुनाले आँखा चिम्लीएको एक कारोवारीले बताए ।
पूर्व र पश्चिम लक्ष्मिपुर वेलविछवाको सरहियाबाट दिउसै मालसामानहरुको गोरखधन्धाहरु भईरहेको छ । नियमनकारी निकाय पनि मस्त छन किनभने भेटि समयमै पुगिरहेको हुनाले चुप लाग्नैमा वेस मानिरहेको छ ।
रौतहटको पूर्व देखि पश्चिमी सिमानाबाट अहिले नुन देखि सुनको तस्करी भईरहेको छ । नेपालबाट मदिरा, छोकरा, कालो मरिच, सुपाडी, सेतो केराउ तथा भारतबाट नेपाल तर्फ खाद्यान्न सामग्री, कपडा लत्ता, स्पेयर पार्टस, सहित विभिन्न सामानहरुको कालो कारोवार जारी छन् । त्यसको ज्वलन्त उदाहरण समाचार पढेपछि तराई टपको फेसबुक पेजमा भिडियो पनि राखिएको छ अवश्य हेर्नुहोला । यसैले भनिने गरिएको देहाती उखानको साथ समाचारबाट विट मार्दैछौ । “मस्त..राम..मस्ती..मे…आग..लगे..बस्ती..मे..?”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन