कम्युनिस्टहरू पशुपतिनाथलाई झुक्याउछन्

327 Shares

धनकुटा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले भगवान पशुपतिनाथलाई पनि कम्युनिस्टले झुक्याउने गरेको बताएका छन् । शनिबार धनकुटा काँग्रेसले शहीद भूमि गाउँपालिका– १ मा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले जनतालाई झुक्याएर लाभ लिएका कम्युनिस्टले पशुपतिनाथलाई पनि बेलाबेला झुक्याउने गरेको बताए । कम्युनिस्ट नेता र पशुपतिनाथको कथा सुनाउँदै खतिवडाले भने, ‘विदेशमा उपचार गर्न गएका एकजना कम्युनिस्ट नेता चढेको पानीजहाज सुनामीमा पर्यो । ती नेताले पशुपतिनाथलाई सम्झिएर घर बेचेर दान गर्ने भाकल गरे ।’
ती कम्युनिस्ट नेताको घरमा कुकुर थियो । कुकुरको मूल्य ५ करोड राखे । घरको मूल्य १ रुपैयाँ राखे । घर किन्ने व्यापारीले सोध्यो, कुकुरको मूल्य ५ करोड किन ? घरको मूल्य एक रुपैयाँ किन ?’, खतिवडाले कथा भन्दै उल्लेख गरे, ‘ती कम्युनिस्ट नेताले कुकुर पालेका कारण मैले झापाबाट जिते, संसदीय दलको नेता बने । प्रधानमन्त्री बने । कुकुर भाग्यमानी छ । घर १ रुपैयाँमा पाइन्छ ।’

‘घर बिक्री भयो । ती कम्युनिस्ट नेता पशुपतिमा गएर एक रुपैयाँ चढाए । मेरो घर एक रुपैयाँमा बिक्री भयो भने । पशुपतिनाथ भगवानलाई पनि कम्युनिस्टले ढाँटे’, खतिवडाले भने, ‘कम्युनिस्ट भनेका झुठ बोलेर जनतालाई भ्रममा पारेर शासन गर्नेहरू हुन् ।’

अबको निर्वाचनमा धनकुटा जिल्लामा कम्युनिस्टलाई हराएर काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हालेर जिताउन उनले अपील गरेका छन् । ‘काँग्रेस यस्तो पार्टी हो । जसले सबैलाई उचित सम्मान गर्छ । सबै जातजाती, धर्मलाई सम्मान गर्छ’, खतिवडाले भने, ‘यो पार्टी बलबहादुर राई, भूबिक्रम नेम्वाङ, भीमबहादुर तामाङको पार्टी हो ।’

‘शहीद भूमिमा आउँदा, यो राई भूमिमा आउँदा ती नेताहरूलाई सम्मान गर्न चाहन्छु’, उनले भने, ‘नेपाली काँग्रेसले जन्माएका ती नेताहरू उच्च सम्मानमा पुग्नुभयो ।’ उनले भने, ‘२५ प्रतिशत राईको बसोबास भएको धनकुटाको छिन्ताङमा आएर नेपाली काँग्रेसको चारतारे झन्डामुनि उपस्थित गराएर रातो टीका लगाउन पाउँदा सभापति शेरबहादुर देउवा, दिनेश राई, सुनिलबहादुर थापासहित हामी सबै खुसी भएका छौं ।’

खतिवडाले निर्वाचनमा छाप लगाउने बेला एक पटक ‘रुख’मा भोट हालिदिन अनुरोध गरे । ‘कम्युनिस्टले ३० वर्ष जित्दा कसैको परिवर्तन भएन । काँग्रेसले जित्दा परिवर्तनको अनुभूति भएको छ’, उनले भनेका छन् । ओली कम्युनिस्टका सबैभन्दा धनी नेतामा पर्ने उनले टिप्पणी गरे । ‘मेरो केही सम्पत्ति छैन भन्ने केपी ओलीको बालकोटमा घर छ । कम्युनिस्ट भनेका पशुपतिनाथलाई पनि ढाँट्छन् । छिन्ताङ देवीलाई ढाँटेर पनि शासन गरेका छन् । अब धनकुटामा काँग्रेसको विजयी हुनेछ ।’

कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा, सभापति दिनेश राई, पूर्वसभापति हरिकुमार राईलगायतका नेताहरूको उपस्थिति रहेको थियो । एमाले, माओवादीसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराइएको थियो । छिन्ताङमा करीव १ सय जना नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।