भारतीय लगानीमा भोजपुरमा निर्माण भएको महात्मा गान्धी मेमोरियल अस्पतालको उदघाटन

946 Shares

काठमाडौ ञञ । भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरस्थित षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अस्पताल भवन बिहीबार उद्घाटन गरेका हुन् ।

कार्यक्रममा भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा, दूतावासका अन्य अधिकारी र स्थानीय सरकारका पदाधिकारी सहभागी थिए । अस्पताल भवनका लागि भारत सरकारले दुई करोड २६ लाख रुपैयाँ सहयोग गरेको थियो । ‘भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो,’ भारतीय दूतावासले विज्ञप्तिमा भनेको छ, ‘यस अस्पतालले भोजपुर जिल्ला र आसपासका अन्य जिल्लाका मानिसहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच प्रदान गर्नेछ ।’

अस्पताल १५ शय्या क्षमताको छ । यसमा प्रसूति कक्ष, चौबिसै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतीक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुकमा लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ ।

भारतले २०६० सालपछि नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको दूतावासले जनाएको छ । यीमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन्। भोजपुरका ४ परियोजना अघि बढेका छन् भने भारत सरकारले भोजपुरका लागि तीनवटा एम्बुलेन्स दिइसकेको छ । प्रदेश १ मा भारतीय सहयोगका ७८ परियोजना रहेका छन् ।

सञ्चारमन्त्री कार्कीले सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे । भारतीय उपनियोग प्रमुख खम्पाले अस्पताल भवन परियोजनालाई दुई देशबीचको बहुपक्षीय तथा बलियो विकास साझेदारीको प्रमाण भनेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।