अफगानिस्तानमा तालीवान राज्य सत्ता स्थापित हुंदै जांदा त्यहां मानवीय संकट झन् झन् कठिन अवस्थामा पुगिरहेको छ । काबुलमा भएको सत्ता परिर्वतन संंग पाकिस्तान र चिनले आफु अनुकुल रणनिती बनाउन लागेका छन् । बेईजिङ्ग देखि ईस्लामवाद सम्म् तालीवानका कुटनैतिक भेटघाटहरु भईरहेका छन् ।
तालीवानको उदय संगै दक्षिण एसियाको क्षेत्रिय सुरक्षामा चासो बढीरहेको बेला चिन र पाकिस्तानले आफु अनुकुल रणनिती बनाउन थालेपछी यसले दक्षिण एसियाको सुरक्षामा कस्तो असर पार्छ भन्ने कुरामा गम्भिर प्रश्नहरु खडा भएका छन् । त्यस संग संगै गत अगष्ट ३१ मा काबुल विमानस्थल बाहिर भएका २ वटा बम आक्रमणले चाही अफगानिस्तान भित्रैका विद्रोही समुहहरुले तालीवानको शासनलाई कसरी लिईरहेका छन् भन्ने देखाउंछ । नर्दन एलार्यन्स र आई.एस. आई के तालीवानको टाउको दुखाईको विषय छ । यसले अफगानिस्तानमा तालीवान सरकारको सत्ता संचालनलाई त्यति सहज रुपले स्वीकार गरिरहेको छैन ।
अफगानिस्तानमा सत्ता परिर्वतन संगै आफ्नो अनुकुल रणनिती बनाउन लागेका चिन र पाकिस्तान भने तालीवान सरकार संग पुर्ण विश्वासको साथ हात मिलाएर अघी बढेको छ । तालीवानलाई साथ र सहयोग गर्नुमा दुवै मुलुकको आफ्नै रणनितीक स्वार्थ रहेको छ । यस अर्थमा पनि चिन र पाकिस्तान अफगानिस्तानमा तालीवान सरकार चाहान्छ ।
अफगानिस्तानबाट सबैभन्दा बढी फाईदा लिने भनेकै पाकिस्तानले हो । अफगानिस्तानसंग २४०० किलोमिटर सिमा जोडिएको पाकिस्तानले १४ लाख भन्दा बढी अफगानिस्तानलाई पाकिस्तानमा बसोबास गर्न दिइरहेको छ । ती मध्ये लाखौं तालीवान समर्थित लडाकुहरु पनि रहेका छन् । तालीवानको उदय पनि उतरी पाकिस्तानमै भएको थियो । यसर्थ पनि अफगानिस्तानमा तालीवान शासनले पाकिस्तानलाई प्रभाव पार्छ । ईस्लामवाद नै सम्भवत तालीवान संग नजिकको सम्बन्ध भएको राजधानि हो । पस्तो भासामा विधार्थीहरु बुझिने तालीवानका कयौं नेता तथा संस्थापकहरुले पाकिस्तानि मदरसामा अध्धयन गरेका थिए ।
२० वर्षे युद्धमा पनि तालीवानको लागि पाकिस्तानले आफ्नो भुमिलाई भरपुर उपयोग गर्न दिएको थियो । तालीवानलाई पाकिस्तानले भुमिगत शैलिमा जहिले सहयोग गरिरहेको छ जसले १९९० मा तालीवानले अफगानिस्तानमा सरकार गठन गर्दा पहिलो पटक उसैले मान्यता दिएको थियो र अहिले पनि सबै भन्दा अगाडी उसैले मान्यता दिएको छ । पाकिस्तानले भारत संगको प्रतिस्पर्धाको द्धष्टिकोणले अफगानिस्तानमा तालीवानलाई हेरिरहेको छ । अफगानिस्तानमा तालीवान सत्ता आउनु भनेको त्यहां भारतिय प्रभाव कम हुनु हो भन्ने गलत मानसिकता बोकेको छ । यहि क्षिण मानसिकता बाट पाकिस्तान ग्रसित बनेको छ ।
तालीवान सत्तामा आए संगै पाकिस्तान पनि आफ्नो प्रभुत्व बढाउन सकिने आशामा छ । भु –परिवेष्ठित अफगानिस्तानमा अधिकांश खाध्यान्न, तरकारी, सिमेन्ट र निर्माण सामाग्री पाकिस्तान हुंदै भित्रिने गरेको छ । अफगानिस्तानलाई पुल बनाएर आफ्नो अर्थतन्त्रलाई अझ सुदुढ बनाउन पाकिस्तान अरु मध्य एसियाली देश सम्म आफ्नो पहुंच विस्तार गन चाहिरहेको छ । आर्थिक परनिर्भरताको कारण र दक्षिण एसियामा आफ्नो शक्ति सन्तुलनलाई स्थिर राख्न पनि पाकिस्तान तालीवान संग सुरक्षा सहित धेरै विषयमा सहकार्य गर्न तयार रहेको छ र तालीवान सत्ता पनि त्यही चाही रहेको छ । अव यो पाकिस्तानको लागि रणनितिक महत्वको विषय वनिसकेको छ । यि दुई विचको घनिष्ठताले फेरी दक्षिण एसियाली क्षेत्रिय सुरक्षामा गम्भिर प्रश्नहरु खडा गरेको छ । फेरी कालान्तरमा पाकिस्तान र अफगानिस्तानको भुमिबाट सम्पुर्ण दक्षिण एसियाली क्षेत्रमा सुरक्षाको गम्भिर चुनौतीहरु थपिने कुरामा विज्ञहरुले चासो दिन थालेको छन् ।
पाकिस्तानकै साथ र सहयोगमा फेरी अफगानिस्तानमा नयां अतिवादीहरुको उर्वरभुमि हुन सक्ने र त्यसबाट फेरी एकपटक समग्र क्षेत्रिय सुरक्षामा नै असर पर्न सक्ने अवस्था पनि जिवित नै छ ।गत केही महिना अगाडी काबुल विमानस्थलमा भएको आक्रमणले तालीवानको उदयले क्षेत्रिय सरकारले मात्र नभई विद्रोही समुहहरु विच समेत प्रभाव पार्ने देखिन्छ । यसबाट के देखाउंछ भने फेरी अफगानिस्तानमा अलकायदाको पुर्नगठनको समेत ठुलो खतरा रहेको छ । तालीवानको अफगानिस्तान विजय अलकायदाको समुहको लागि फेरी आतंकवादी विउ रोप्नको लागि अर्को मौका हुन सक्ने चुनौतीहरु थपिएका छन् ।
अफगानिस्तानमा अतिवादी समुहहरुले चलाएका सामाजिक सन्जालहरुमा मात्रै नभई उनिहरुका आधिकारिक वक्तव्यहरुमा पनि तालीवानको विजयमा खुसी व्यक्त गरिएका थिए । यस बाट पनि के थाहा हुन्छ भने अफगानिस्तानको भुमि प्रयोग गरेर फेरी समग्र दक्षिण एसियाको क्षेत्रिय सुरक्षामा आतंकवादको खतरा अझै जिवित नै रहेको छ । तालीवान को सत्ता प्रान्तिले धेरै ईस्लामिक अतिवादी संगठनहरुलाइ दक्षिण एसियामा खेल्न प्रेरित गर्न सक्ने खतरा बढेर गएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन