शान्ति सुरक्षाको प्रत्याभुति गराउन असफल सर्लाहीको एसपी प्रसाईको जिम्मेवारी खोसियो

536 Shares

सर्लाही, १६ चैत । शान्ति सुरक्षा दिन असफल रहेको, सिमाको चोरी तस्करी नियन्त्रण गर्न नसकेको लगायत विभिन्न विषयमा विवादित रहदै आएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्णप्रसाद प्रसाईको प्रहरी प्रधान कार्यालयले जिम्मेवारी खोसेर अर्को एसपीलाई सर्लाहीको जिम्मेवारी दिएका छन् ।
नेपाल प्रहरीका सर्लाहीका जिल्लामा शान्ति सुरक्षा दिन असफल भएको घटनाहरुमा विवादित भुमिका रहेको तथा सिमावारीपारीको कारोवार झन् फस्ट्याउदै गएपछि उनलाई स्थानीय तहको चुनावको मुखमा प्रहरी प्रधान कार्यालयले तानेर सर्लाहीमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्न नयाँ एसपीको रुपमा प्रविण पोखरेललाई जिम्मेवारी दिएका हुन् ।
गत असोज महिनामा सर्लाही जिल्लाको सुरक्षा निकायका प्रमुखहरु सार्वजनिक स्थानमा जुवातास खेलिरहेको भिडियो सार्वजनिक हुँदा निकै आलोचना भएपछि प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुखसँगै नेपाल प्रहरीका प्रमुख एसपी सन्तोष राठौरको सम्बन्धित निकायले सरुवा भएको थियो ।
एसपी राठौरको ठाउँमा सर्लाही प्रमुखमा आएका एसपी प्रसाईँले सुरुका केही महिना शान्ति सुरक्षामा कडाइ गरेको भएपनि पछि असफल बन्दै गए । नेपाली कांग्रेसको वडा तथा नगर अधिवेसनमा धेरै ठाउँमा ठूलो विवाद र दर्जनौँ मानिस घाइते सम्म भएको घटनाहरु सार्वजनिक भएको थियो ।
गत साता बाटोको विषयमा जसपा नेपालको प्रवक्ता तथा संघीय सांसद प्रमोद साहमाथि सांघातिक आक्रमण हुँदा पनि शान्ति सुरक्षाको कमाण्ड राम्रो नभएको भन्दै एसपी प्रसाईँको नराम्ररी आलोचना भए । घटनामा नेपाल प्रहरीका असई पनि घाइते हुनुका साथै हतियार गोली खोसिएको सार्वजनिक भएको थियो ।
सर्लाहीमा पछिल्लो चरणमा शान्ति सुरक्षा कमजोर हुनुका साथै नेपाल–भारत बोर्डरमा तस्करी निकै बढेको सर्वसाधारणले आलोचना गर्न थालेका थिए । स्थानीय तहको चुनावको लागि करिब ४४ दिन बाँकी रहदा शान्ति सुरक्षाको मुख्य जिम्मेवारीमा रहने नेपाल प्रहरीका सर्लाही प्रमुखलाई प्रहरी प्रधान कार्यालय अन्वेषण, योजना तथा विकास निर्देशनालयमा काज सरुवा गरिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।