चरम आर्थिक संकटबाट गुज्रिरहेको हजारौं श्रीलंकाली नागरिकहरुले कोलम्बोको सडकमा विहिवार राति प्रदर्शन

352 Shares

श्रीलंकाको इतिहासमा स्वतन्त्रता प्राप्त भएपछि गम्भीर आर्थिक संकटको सामना गर्नुपरिरहेको श्रीलङ्कामा बिहिबार राती भारी विरोध प्रदर्शन र झडप भए । जसका कारण राजधानी कोलम्बोमा ठूलो संख्यामा सुरक्षा बललाई तैनाथ गर्नुपर्यो ।
कोलम्बोमा गएराती ५ हजार भन्दा बढी नागरिकहरु सडकमा ओर्लिए र उनीहरुले राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ जुलुस निकाल्दै मार्च पास गरे ।
नागरिकहरुको भिडले राष्ट्रपतिको घरमा चढ्ने प्रयास गरेका पछि सुरक्षामा तैनाथ सुक्षाकर्मीहरु संग झड्प भएको थियो । ४५ जना प्रदर्शनकारीलाई गिरफ्तार समेत गरिएको छ । घटनामा एक व्यक्ति गम्भीर रुपमा घाइते भएका छन् ।
अघिल्लो रातीमा लगाइएको कफ्र्यू सोमबार बिहान हटाइयो । तर सहरमा सेना र प्रहरीको उपस्थितिलाई बढाइएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेको घरतर्फ जाने बाटोको बीचमा एउटा आधा जलेको बस देखिएको छ ।
चिनियाँ ऋणको बोझमा डुबेको २.२ करोड जनसंख्या भएको यो देश गम्भीर रुपमा आर्थिक संकटको सामना गरिरहेको छ । खाद्य सामग्रीको बढ्दो मूल्य र यसको कमीका कारण नागरिकहरुको अवस्था नाजुक हुँदै गएको छ ।

मध्यराती के भयो ?

बिहिबार राती हजारौँ मानिसले राजपक्षेको राजीनामाको माग गर्दै उनको घरतर्फ जुलुस निकाले जसमा थुप्रै अज्ञात सोसल मिडियामा अभियन्ता पनि समावेश रहेका थिए । प्रदर्शनकारीले राजधानीको मुख्य सडकमा टायर जम्मा गरेर आगो लगाएका थिए । यतिबेला उनीहरुले सेनाका दुई बस र एउटा जिपमा पनि आगो लगाइ दिए र ढुङ्गाले प्रहरी अधिकारी माथि हमला गरे ।
सुरक्षाबलले प्रदर्शनकारीलाई तितर–बितर गर्नका लागि अश्रु ग्यासको गोला हाने र पानीको फाहोराको प्रयोग गरे । सुरक्षाबलले रबकरको गाली प्रयोग गरे गरेनन् भन्ने स्पष्ट हुन सकेको छैन ।
समाचार एजेन्सी एएफपीले आधिकारिक स्रोतलाई उद्धृत गर्दै ले भि ५ – यो घटना भइरहेका बेला राजपक्षे आफ्नो घरमा थिएनन् तर यो संकट सँग जुध्नका लागि शीर्ष सैन्य अधिकारीले चर्चा गरेका थिए । एक नीजि टिभी नेटवर्कले यो प्रदर्शनको लाइभ प्रसारण गरिरहेको थियो जसलाई तुरुन्त रोकिएको थियो । पत्रकारका अनुसार सरकारको दबाबका कारण त्यस्तो गर्नुपरेको थियो ।
कसरी निम्तियो यस्तो स्थिति ?


श्रीलंकामा बिजुली जोगाउन सडक बत्तीसमेत निभाउन थालिएको छ । श्रीलंकाकी उर्जा मन्त्री पवित्रा वनियाराचीले बिहीबार स्टेट पावर मोनोपोलीले पनि १३ घन्टा बिजुली कटौती लागू गरेको बताएकी छन् । उनका अनुसार जेनेरेटर संचालनका लागि डिजल नभएकाले १३ घन्टा लोडसेडिङ गर्नु परेको हो । मन्त्रीले आफ्ना अधिकारीहरुलाई बिजुली जोगाउन सहयोग गर्न देशभरी सडक बत्ती निभाउन आदेश दिएकी छिन् । दशकौं पछि यस किसिमको आर्थिक संकट पैदा भएको उनले बताइन् ।
आर्थिक संकटबाट गुज्रँदै श्रीलंका


देशमा इन्धन र ग्यासको कमी भएको छ । पेट्रोल–डिजलका लागि मानिस कयौ घन्टासम्म लाइनमा बस्नुपरेको अवस्था छ । शिक्षा बोर्डसँग कागज र मसी सकिएको छ । यसैले परीक्षा अनिश्चितकालिन अवधिका लागि रोकिएको छ । बिहीबार श्रीलंकामा साँझ डिजेल थिएन । जसका कारण सवारी साधन ठप्प भएको थियो । यसका साथै देशका २.२ करोड मानिस अत्यन्त लामो समयदेखि बिजुलीको कटौतीको सामना पनि गरिरहेका छन् । यहाँका मानिसका लागि दुध सुन भन्दा पनि महँगो भएको छ । मानिसलाई दुइ छाक खान पनि धौ धौ छ ।
पर्यटन रोकिनाले कर्जामा डुब्यो
श्रीलंकाको अर्थव्यवस्थामा पर्यटन क्षेत्रको ठूूलो भूमिका छ । तर कोरोनाका कारण यो पहिले देखिनै ठप्प प्राय ः रहँदै आएको छ । पर्यटन देशको विदेशी मुद्राका लागि तेस्रो ठूलो स्रोत हो । यो कमजोर भएपछि देशको विदेशी मुद्रा भण्डार लगभग खाली भइसकेको छ । करिब ५ लाख श्रीलंकाली प्रत्यक्ष रुपमा पर्यटनमा निर्भर रहेका छन्, जबकी २० लाख अप्रत्यक्ष रुपमा यस सँग जोडिएका छन् । श्रीलंकाको जीडीपीमा पर्यटनको १० प्रतिशत भन्दा बढी योगदान छ । पर्यटनबाट बर्षेनी करिब ५ अर्ब डलरको विदेशी मुद्रा श्रीलंकाले आर्जन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।