“रुपे” ले वित्तीय काराेबारमा नेपाल भारत बिच पारदर्शिता ल्याउने

312 Shares

भारतको विश्वव्यापी कार्ड प्रणाली “रुपे” लाई नेपालमा प्रयोग अनुमति दिँदा दुई देशबीच हुने वित्तीय कारोबारमा पारदर्शिता बढ्ने नेपाल राष्ट्र बैंकको एक अधिकारीले बताएका छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा ‘रुपे’ नेपालमा पनि प्रयोगमा ल्याउने घोषणा गरेका थिए ।

भारतीय राष्ट्रिय भुक्तान निगम एनपीसीआईबाट जारी हुने ‘रुपे’ विश्वव्यापी कार्ड प्रणाली भिसा र मास्टर कार्ड जस्तै भारत आफैँले सुरुवात गरेको ब्याङ्किङ कार्ड हो।

भारतीय प्रधानमन्त्री मोदीले यसले दुई देशबीच डिजिटल भुक्तानीलाई बढावा दिने उल्लेख गरेका छन्।
नेपालमा ”रुपे” कार्डको उपलब्धता वित्तीय जडानतर्फ अर्को ठुलो कदम हो र यसले डिजिटल भुक्तानीलाई बढवा दिनेछ, मोदीले ट्विट गर्दै भनेका छन्।

सन् २०१२ मा सुरुवात भएको यो कार्ड अहिले करिब ७० करोड भारतीयहरूले प्रयोग गरिरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतमा विभिन्न प्रणालीका करिब एक अर्ब ब्याङ्किङ कार्ड प्रयोगकर्ताहरू रहेको बताइन्छ। जसमध्ये करिब ६० प्रतिशतले ‘रुपे’ प्रयोग गर्ने दाबी गरिएको छ

नेपाललाई के फाइदा
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल भारतमा ठूलो सङ्ख्यामा प्रयोगकर्ताहरू रहेको कार्ड प्रणालीले नेपालमा पनि प्रयोग अनुमति पाउँदा तत्कालका लागि नेपाल घुम्न आउने भारतीयहरूले गर्ने खर्च पारदर्शी बनाउन सहयोग पुग्ने बताए।

“नगद कारोबार हुँदा जति पारदर्शिता हुन्थ्यो डिजिटल कारोबार हुँदा त्यो भन्दा बढी पारदर्शिता हुने भयो। किनभने यसको अभिलेख हुन्छ र यसमा नियामक निकायहरूको पहुँच हुन्छ,” उनले भने।

यसले नेपालका वित्तीय संस्थाहरूलाई पनि भारतीय बैंक हरु संग हुने कारोबार मिलाउन सहज हुने उनी बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।