460
Shares
मुम्बई १४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलवार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थानले जारी आईपीएलमा ६ र्औ जित हाँसिल गरेको हो ।
पहिले ब्याटिङ गरेको राजस्थान ले बैंग्लोर सामु १४५ रनको लक्ष्य चुनौती दिएका थिए । उक्त लक्ष्य पछ्रयाएको बैंग्लोर १९ ओभर ३ बल खेल्दै ११५ रन मात्रै बनाउन सके ।
राजस्थानको लागि रियान परागले ५६ रन, कप्तान सन्जू सामसनले २७ रन, रविचनद्र आश्विनले १७ र दर्याद मिचेलले १६ रनको योगदान गरेको थियो । यस्तै बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोडे, वानिन्दु हसरंगाले १८, साहबाज अहमेदले १७ र रजत पाटिदरले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन