वुद्ध पुर्णिमाको अबसरमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

227 Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसर पारेर नेपाल भ्रमणमा आउने भएका छन् ।

मे १६ अर्थात् जेठ २ भन्दा अघि नै उनी नेपाल भ्रमणमा आउने तयारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय पत्रिका द हिन्दूले स्रोतलाई उधृत गर्दै प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन लागेको उल्लेख गरेको छ। ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ,’ द हिन्दूले लेखेको छ। बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावन रहेको पत्रिकाले उल्लेख गरेको छ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा द्विपक्षीय भ्रमणका लागि भारत गएको एक महिनापछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण तत्काल रोकिने अवस्था नरहेको बताइएको छ। हाल युरोप भ्रमणमा रहेका छन् । नेपाल भ्रमणका क्रममा कुनै औपचारिक द्विपक्षीय छलफल भने नहुने बताइएको छ। भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने भएपछि नेपालका लागि भातरीय राजदूत पठाउन पनि सरकारले द्रुत गतिमा तयारी गरिरहेको पनि जनाइएको छ।

प्रधानमन्त्रीको नेपाल भ्रमण केही घन्टा मात्र हुने र उनले २५०० वर्षअघि राजकुमार सिद्धार्थ गौतमका रूपमा जन्मिएका बुद्धको जन्मस्थल मायादेवी मन्दिरमा पुग्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार परराष्ट्र मन्त्रालय र सुरक्षा अधिकारीहरूले भ्रमणका लागि नेपाल सरकारका अधिकारीहरूसँगै परराष्ट्र तथा संस्कृति मन्त्रालयका अधिकारीहरूले पनि भ्रमणको व्यवस्थाको अनुगमन गरिसकेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको लागि प्रस्थान गर्ने र त्यसपछि हेलिकप्टरबाट लुम्बिनी जाने बताइएको छ । आफ्नो अघिल्लो कार्यकालमा उनले चार पटक नेपाल भ्रमण गरेका थिए । जसमा दुई पटक २०१४ र दुई पटक २०१८ मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।