रामललाको जन्मभुमि अयोध्या र भागवान बुद्धको जन्मभुमी लुम्बिनी बिच भगिनी सम्बन्ध कायम

280 Shares

भैरहवा, २१ वैशाख । नेपाल भारत बीचको अटुट सम्बन्धलाई जति चर्चा गरे कम हुनेछ, वैबाहिक होस वा धार्मिक किन नहोस, रहनसहन भाषा भाषीको सम्बन्ध होस वा भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनी र भगवान रामको जन्मभूमि अयोध्या बीच भगिनी प्राचिनकालिन सम्बन्ध नै किन नहोस दुई देश विचको अटुट सम्बन्धलाई जति जोडेर अघि बढेमा दुबै देशलाई फायदा पुग्ने छ ।
भारतको नगर निगम अयोध्याले अयोध्या र लुम्बिनी बिच भगिनी सम्बन्ध कायम भएको औपचरिक पत्र लुम्बिनी सांस्कृतिक नगरपालिकालाई पठाएको हो ।
नगर निगम अयोध्याका मेयर ऋषिकेश उपाध्यायले बैशाख ९ गते पठाएको औपचरिक पत्रमा २ पवित्र शहर बिच भगिनी सम्बन्धको रुपमा विकसीत तथा सांस्कृतिक सहयोग आदान प्रदान गर्ने गरी सहर्ष सहमति दिईएको उल्लेख छ । पत्रमा लुम्बिनी भगवान गौतमबुद्धको जन्मस्थल भएको र यहिबाट गौतमबुद्धले विश्व शान्तीको सन्देश फैलाएको उल्लेख छ । भौगोलिक, सांस्कृतिक तथा पर्यटन, आर्थिक, शैक्षिक र प्रविधिको विकासको दृष्टिले अयोध्या धाम नगर निगम र लुम्बिनी सांस्कृतिक नगरपालिका आउने समयमा समान विकासमा सहायक हुने बताइएको छ ।
यस अघि फागुन १८ गते लुम्बिनी सांस्कृतिक नगरपालिकाका तत्कालीन नगर प्रमुख मनमोहन चौधरीले राम जन्मभूमि अयोध्या र बुद्ध जन्मभूमि लुम्बिनीको समग्र विकासको लागि भगिनी सम्बन्ध कायम गर्ने प्रस्ताव सहित अयोध्याधाम नगर निगमलाई प्रस्ताव पठाएका थिए । यसले दुबै शहरको भौगोलिक, सांस्कृतिक तथा पर्यटन, आर्थिक, शैक्षिक र प्रविधिको विकासको दृष्टिले महत्वपूर्ण सहयोग पुग्ने निर्वतमान नगर प्रमुख मनमोहन चौधरीले बताए ।
करोडौ हिन्दुहरुको आस्थाको केन्द्र राम जन्मभूमि अयोध्यामा दैनिक लाखौ तिर्थालुहरु आउने गरेका छन् । अयोध्यामा त्यहाको अदालतले राम मन्दिर निर्माण गर्ने फैसला सुनाए संगै यहाको महत्व झन बढेको नगर निगम अयोध्यामा मेयर ऋषिकेश उपाध्यायको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।