गौर, २४ बैशाख । देशकै पुरानो नगरपालिका मध्ये पर्ने गौर अहिले विकास निर्माणको अवस्था बदहाली अवस्थाबाट गुज्रिनु परेको हुँदा जनताको उत्तरदायित्व उठाउन आफू सक्षम रहेको भन्दै उनले जनता समाजवादी पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएको भनिन ।
उपमेयर पदमा निर्वाचित भएको बेला आफुलाई मेयरले हेपहा प्रवृति अपनाउदै काम गर्ने वातावरण बन्न नदिएको भन्दै अहिले रौतहटका निवर्तमान उपमेयर नगरपालिकाको मुख्य पदको लागि निर्वाचनमा होमिएका छन ।
सरकारले स्थानिय तहका गाँउपालिका र नगरपालिकाको दुई प्रमुख पद मध्ये एक पदमा महिलाको सहभागिताको सुनिश्चीतता गरेको छ । सरकारले स्थानिय कार्यपालिकामा अधिकार सम्पन्न उपमेयर बनाएको भनिरहदा यर्थाथमा भने उपमेयरहरुले पहिलो कार्यकालमा कामै गर्न नपाएको मेयर उम्मेदवार किरण ठाकुर बताउछिन ।
गौर नगरपालिकाकी निवर्तमान उपमेयर किरण ठाकुर अहिले जनता समाजवादी पार्टीका तर्फबाट मेयर उम्मेदवार बनेकी छिन । महिला तथा बालबालिकाको क्षेत्रमा काम गरेर आधा जीवन बिताएकी किरण पहिलो स्थानिय तहको निर्वाचनमा अत्याधिक मतका साथ गौर नगरपालिकाको उपमेयर बनेकी थिइन । तर तत्कालीन मेयर अजय गुप्ताले उपमेयरको हक अधिकार प्रयोग गर्न अंकुश लगाए पछि उनले पटक पटक विरोध जनाएकी थिइन ।
“उपमेयर भए पनि जनताका लागी मैले गर्न चाहेका कामहरु तत्कालीन मेयर अजय गुप्ताले गर्न दिएनन ।” ठाकुरले भनिन “स्थानिय तहको सेवा संचालन तथा व्यवस्था सम्बन्धी आदेश २०७४ मा उपप्रखुलाई सम्बन्धित कार्यपालिकाको न्यायिक समितिको संयोजक, योजना अनुगमन मूल्याँकन समितिको संयोजक, बजेट परामर्श समितिको संयोजक, विकास बजेट सिलिंग गर्ने समितिको संयोजक लगायतका अधिकारहरु दिए पनि मेयरले सबै अधिकार हनन गरे ।”
घरदैलो कार्यक्रममा व्यस्त रहेकी मेयर पदकी उम्मेदवार ठाकुर यस पटक आफुलाई गौरका स्थानियले समर्थन गरेको बताइन । महिला तथा बालबालिकाको क्षेत्रमा आफुले गरेको योगदानालाई स्थानियले सराहना गरेको उनले बताइन । गौरका ९ वटै वडाका स्थानियलाई आफुले भेटेको र गौरको समुचित विकासको योजनाहरुका बारेमा जानकारी गराएको उनले बताइन ।
“पहिलो कार्यकालमा मेयर गुप्ताले के काम गरे भनेर सोध्दा एउटा पनि जवाफ आउदैन । नातागोता र आफन्त पोस्ने बाहेक उनले केही गरेनन ।” महिला नेतृ ठाकुरले भनिन “आज गौरको दयनीय अवश्था सुधार्न र गौरमा विकासको लहर चलाउन परिर्वतन जरुरी छ ।”
गौर जस्तै राजदेवी नगरपालिकामा पनि मेयर पदमा अंशु सिंहले उम्मेदवारी दिएकी छिन ।
ध्चष्तभ तय न्बगतबm क्जचभकतजब
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन