चन्द्रपुर, २५ वैशाख । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८ सन्तपुर निवासी रामरती चौधरी नेकपा एकीकृत समाजवादीको तर्फबाट ‘कलम चिन्ह’ लिएर उपमेयर पदका लागि चुनावी मैदानमा उत्रिएकी छिन् ।
थारु समुदायबाट राजनीतिमा उदाएकी रामरती २०७४ सालमा पनि तत्कालीन नेकपा एमालेबाट चन्द्रपुरको उपमेयरमा निर्वाचित भएकी थिइन् ।
झापाको बिर्तामोडमा जन्मिएकी उनी २०४३ सालमा सन्तपुरका बिनोद चौधरीसँग बिवाह बन्धनमा बाँधिएसँगै रौतहट जिल्लावासी भएकी हुन् ।
उनी झापामा कक्षा ७ मा पढ्दादेखि ९विसं।२०४०० नै राजनीतिमा लागेकी हुन् । स्कूले जीवनदेखि बिधार्थी राजनीतिमा लागेकी उनी विभिन्न संगठन र सामाजिक कार्यहरुमा संलग्न रहँदै सक्रिया पार्टी राजनीतिमा संलग्न हुँदै आएकी छिन् ।
हाल नेकपा एसकी नेतृ उनले उपमेयर पदमा रहेर पाँचवर्ष जनताको सेवा गरिसकेकी छिन् । उपमेयर पदमा रहँदा न्यायिक समितिको संयोजकका हिसावमा महिला, दलित, जनजातिको हितमा पक्षमा काम गरिन् ।

५४ वर्षीय रामरतीले विगतमा महिला अधिकार र सरसफाईको क्षेत्रमा गैरसरकारी संस्थामा रहेर काम गरेकी थिइन् भने उनी केही वर्ष शिक्षण पेशामा पनि संलग्न भएकी थिइन् । शिक्षण पेशाबाट राजीनामा दिएर उनी २०७४ सालमा उपमेयर पदमा उठिन् र जीत पनि हासिल गरिन् ।
थारु महिलाहरुको तर्फबाट उनी पहिलो पटक उपमेयर बनेकी हुन् । महिलाहरुले घुम्टो ओढेर घरभित्रकै काम गर्ने हो भन्ने मान्यतालाई चिर्दै उनी घरबाहिर निस्केर सामाजिक सेवाको क्षेत्रमा सक्रिय भएकी थारु समुदायकी महिला हुन् ।
विगतमा उपमेयर भएर आफूले गरेको असल कर्मबाट फेरि पनि उपमेयर पदमा आम सर्वसाधारणले विश्वास गरेर ‘कलम चिन्ह’मा मत दिई बिजय गराउने कुरामा उनी ढुक्क छिन् । आफूले विगतमा शुरु गरेको सुधारका कामलाई थप शसक्त ढंगले अघि बढाउन समेत आफू चुनाबी मैदानमा उत्रिएको उनले बताइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन