199
Shares
जनकपुरधाम, २८ वैशाख । सिद्धार्थ शिशु सदन विद्ययालय जनकपुरधामको स्कुल बसले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
जलेश्वर जनकपुरधाम स्थित सडक खण्डको सहाडवाको सडक किनारमा पार्किंग गरी राखेको मोटरसाइकल नजिक उभिएको अवस्थामा स्कुल बसले ठक्कर दिँदा पिपरा नगरपालिका ५ का पवन यादव घाइते भएको हो । जनकपुरधाम स्थित जानकी हेल्थ केयर सेन्टरमा पवन यादवको उपचार भइरहेको छ । सो वडामा स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवार रहेका यादवले यो घटना बारे जनाकारी दिएका छन् । स्कुल बस र बस चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन