सगरमाथा नेपालको मात्र हो चीनको नभएको नेपाल रिपब्लिक पार्टीले जनाएको छ ।
समग्र विश्वलाई कोरोनाको महामारीमा धकेल्ने कम्युनिस्ट चीनले नेपालको उत्तरी सीमा अतिक्रमण गरी डेढ हजार रोपनी जमीन र दुई ओटा गाउँ पुरै हडप गरेको घटनाप्रति नेपाल रिपव्लिक पार्टी ले तीव्र आक्रोश व्यक्त गरेको छ ।
सर्वोच्च शिखर सगरमाथा समेत कब्जा गर्न निर्लज्ज प्रयास गरिरहेको सर्वसत्तावादी चीनले नेपालका ७ जिल्लाका १८ ठाउँमा गरेको सीमा अतिक्रमण र जमीन तथा गाउँ कब्जाको यस घटनाबाट पार्टीको ध्यानकर्षण भएको छ ।
नेपाल रिपव्लिक पार्टी, समस्त नेपाली जनताको तर्फबाट कम्युनिस्ट चीन सरकार र त्यसको नेतृत्वलाई तत्काल यस्तो हर्कत बन्द गरेर नेपाली जनता समक्ष क्षमा माग्नु पर्ने पार्टीले बताएको छ ।
सगरमाथा कब्जा गर्ने प्रयास र उत्तरी सीमातर्फको उर्बर जमीन, खर्क, चरन र सुन्दर गाँउहरु हडप्ने दुष्कर्मका साथै अवैध मुद्रा र आफ्ना पोष्यपुत्र नेपाली कम्युनिष्टहरुको बलमा चीनले देशको राजधानी काठमाडौंको अति व्यस्त व्यापारिक क्षेत्र ठमेल लगभग पुरै कब्जा गरिसकेको छ र अन्य क्षेत्रपनि कब्जा गर्ने दाउमा रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन