रौतहट, ३० वैशाख । मतदान स्थलमा पोलिंग एजेन्ट लगायतका विभिन्न कुरामा विवाद हुँदा रौतहटको गढीमाई नगरपालिकाको दुई मतदानमा मतदान रोकिएको छ ।
गढीमाई नगरापालिकाको वडा नम्बर ३ र ६ मा मतदान स्थगित भएको हो । गढीमाई ३ मा विवाद भएपछि झएको झडपमा १२ जना व्यक्तिहरु घाइते भएका छन् । पर्याप्त सुरक्षाकर्मी परिचालन गरेर मतदान सुचारु गराउन मतदान अधिकृत सक्रिय भएर सर्वदलिय बैठक बसाएको बुझिएको छ ।
यस्तै गढीमाई नपाको ६ मा पनि झडप भएको छ । झडपको क्रममा परेर ३ जना घाइते भएका छन् । झडप भएका गढीमाई नगरपालिकाको दुवै ठाउँमा मतदान रोकिएको छ । विवादको विषय सल्टाउन र मतदान सुचारु गर्न पहल भइरहेको छ ।
यसैबिच रौतहटको फतुवा विजयपुर नगरपालिका २ शीतलपुर बैरगनिया बुथमा मतदानको क्रममा विवाद भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाइ फायर गरेको छ । स्थिति नियन्त्रणमा आइसकेको दाबी प्रहरीले गरेको छ ।
फतुवा विजयपुर ७ को फतुवा टोलमा मतदान रोकिएको छ । मतदानकै विषयलाई विवाद भएपछि मतदान रोकिएको हो । विवाद साम्य पारी मतदानलाई सुचारु गर्न डिएसपीसहितको टोली परिचालन गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन