रौतहट, ३० वैशाख । रौतहटको गरुडा नगरपालिका ७ पिपरियामा मतपेटिका लुटिएको छ ।
मतदान शान्तिपूर्वक सम्पन्न भएर मतपटिका सिल गरेर गणना स्थलमा पुर्याउनको लागि कुरिरहेको अवस्थामा एक्कसी ५सय भन्दा व्यक्तिहरु आएर मतपेटिका लुटेर लगेको बताइएको हो ।
मतपेटिका लुटेर लग्दा सिल तोडिएर मतपत्र च्यातिएको छ । गरुडा नपा ७ पिपरिया स्थित शिवशंकर प्रावि मतदान केन्द्रको बाकस लुटिएको गरुडा नपामा खटिएका निर्वाचन अधिकृत शुशिल यादवले बताए ।
सुरक्षाको अवस्था अत्यन्तै फितलो रहेको कारण कर्मचारीहरु ज्यान जोखिममा राखेर मतदान शान्तिपूर्वक गराएपनि मतपेटिका ढुवानी गराउनमा जिल्लाको सुरक्षा संयन्त्र चुकेको हुँदा यस्तो अवस्था आएको एक जना कर्मचारीले बताए । हिजो सम्म जिल्लाको सुरक्षा संयन्त्रले हामीलाई धेरै विश्वास दिलायो तर आज आफै ज्यान जोखिममा रहदा कोही आएन जेनतेन ज्यान जोगाएर सुरक्षित स्थानमा बसेका छौं । बक्सा आउने क्रम जारी रहेको ति कर्मचारीले बताए ।
रौतहटमा ७० प्रतिशत मतदान भएको छ । अहिले सम्म प्रतिवेदन प्राप्त नभएपनि लगभग ७० प्रतिशत मतदान भएको जनाइएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन