विकास अग्रवाल
रौतहट, १४ माघ । रौतहटको विभिन्न क्षेत्रबाट बुधवार सुरक्षाकर्मीले लाखौ मुख्य बराबरको अवैध सालको काठ बरामद गरेको छ ।
सुरक्षाकर्मी र जिल्लावनकार्यालयको संयुक्त रुपमा खटिएको टोलीले जिल्लाको दुई वटा क्षेत्रबाट उक्त अवैध काठ बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय, जिल्ला वन कार्यालय तथा विश्रामपुर प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले चन्द्रपुर नगरपालिका १० बलुवा गाउँमा रहेको विश्वनाथ ठाकुरको स मिलमा अवैध सालको काठ लुकाई छिपाई राखेको सूचनाको आधारमा छापामारी २२ क्यूफिट सालको गोलिया बारमद गरेको प्रहरी निरीक्षक राजाराम केशरीले बताए । यसैगरी वृन्दावन नगरपालिका ३ रामपुर टोलमा विरेन्द्र ठाकुरको स मिलमा खानतलाशी गर्दा २० क्यूफिट सालको गोलिया बरामद गरेको उनले जानकारी दिए ।
दुवै स्थानबाट बरामद भएको सालको गोलियाको मुल्य डेड लाख भन्दा बढी रहेको बताउँदै प्रहरी निरीक्षक केशरीले बरामद सालको गोलियालाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालयमा बुझाएको जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन