नेपाल भारतका साझा विरासतलाई संग संगै विकास गर्दै लैजानु पर्छ ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

258 Shares

नेपालको लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा भाषण गर्दै सबैलाई बुद्ध पूर्णिमाको शुभकामना दिएका छन् । सोमबार २५ सय ६६ औं बुद्ध जयन्तीका दिन मोदी नेपाल भ्रमणमा आएका मोदीले सबैलाई बुद्ध जयन्तीको शुभकामना दिएका हुन् । मोदीले नेपाल बिना भगवान् राम पनि अधुरा रहने बताउँदै भारतमा राम मन्दिर बनिरहँदा नेपाली पनि उत्तिकै खुशी भएको बताएका छन् । मोदीले नेपाल सगरमाथाको देश, दुनियाँको अनेक पवित्र तीर्थस्थल र मठको देश, नेपाल दुनियाँका प्राचीन सभ्यता, संस्कृति रहेको देश भएको बताएका छन् ।

मोदीले नेपालीमै बोल्दै अघि भनेका छन्, ‘नेपाल आउँदा मलाई कुनै राजनीतिक भ्रमण भन्दा अलग एउटा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ ।

यस्तै उनले बुद्ध बोध, बुद्ध शोध, बुद्ध विचार र बुद्ध संस्कार भएको बताएका छन् । बुद्धले केवल उपदेश दिएको मात्र नभएर मानवतालाई ज्ञानको अनुभूति गराएको कारण उनी महान् बनेको मोदीले बताए ।

बुद्धले महान् वैभवशाली राज्य र चरम सुख सविधा त्याग्ने साहस गरेको स्मरण गराउँदै मोदीले निश्चितरुपमा उनको जन्म साधरण बालकको रुपमा नभएको बताएका छन् ।  बुद्धले प्राप्ती भन्दा बढी महत्व त्यागको हुने कुरा बताएको बताउँदै मोदीले बुद्ध सबैका र सबैका लागि भएको बताएका छन् । यस्तै मोदीले बुद्धले आफ्नो उज्यालो आफै बन्नुहोस् र मेरो कुरालाई पनि मसँगको आदरका रुपमा नलिएर त्यसको परीक्षण गरेर त्यसलाई आत्मसाथ गर्न भनेको बताए ।

यस्तै उनले बैशाख पूर्णिमाका दिन लुम्बिनीमा सिद्धार्थका रुपमा बुद्धको जन्म भएको र यसै दिन बोधगयामा बोध प्राप्त गरेर बुद्ध बनेको र यसैदिन कुशीनगरमा महापरनिर्वाण भएको बताउँदै उनले एकै दिन भगवान् बुद्धको जीवन यात्रामा यो संयोग मात्र नभएर यसमा बुद्धत्वको दार्शनिक सन्देश रहेको र जसमा जीवन ज्ञान र निर्वाण तीनै एकैसँग जोडिएको र यो नै मानव जीवनको पूर्णता भएको सन्देस दिएको मोदीले बताए ।

मोदीले आफ्नो जन्मस्थानमा गुजरातको वडनगरमा शदियौं पहिलो बौद्ध शिक्षाको ठूलो केन्द्र भएको र आज पनि त्यहाँ प्राचीन अवशेष फेला परिरेहको तीनको संरक्षण भइरहेको बताएका छन् ।

यस्तै मोदीले सारनाथ, बोधगयाँ र कुशीनगरबाट लिएर नेपालमा लुम्बीनीसम्मको यो पवित्र स्थान यो हाम्रो ९नेपाल भारतको० साझा विरासत र साझा मूल्यको प्रतिक भएको बताउँदै यो विरासतलाई सँगै मिलेर विकसित र समृद्ध गर्नुपर्ने बताएका छन् ।

यस्तै मोदीले इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चनर एण्ड हेरिटेसनकोको शिलान्यास गरेको र यसलाई इन्टरनेशनल बुद्धिस्ट कन्फिडिरेसन अफ इन्डियाले निमार्ण गर्ने बताएका छन् । यसमा प्रधानमन्त्री देउवाले नेपाल सरकाकातर्फबाट जमिन दिने निर्णय गरेको र योजना पूरा गर्न पनि पूरा सहयोग गर्ने भएकोमा आभार व्यक्त गरे ।

यस्तै उनले नेपालले बुद्ध सर्किट र लुम्बिनीको विकासको सबै प्रयासमा सहयोग गरिरहेको र विकासको सबै सम्भावना साकारा गरिरहेको बताएका छन् । यस्तै आज नै नेपालमा लुम्बिनी बुद्धिस्ट युनिभर्सिटीमा डाक्टर बाबासाहेब अम्बेडकर चेयर फर बुद्धिस्ट स्टडिज स्थापना गर्ने निर्णय भएको समेत मोदीले बताएका छन् ।

मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । मोदीको नेपाल भ्रमणका क्रममा भएको दुईपक्षीय वार्ताका क्रममा विभिन्न ६ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भएको दुईपक्षीय भेटवार्ताका क्रममा ६ सम्झौतामा हस्ताक्षर भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको हो ।

प्रधानमन्त्री देउवा र मोदीबीचको भेटपछि दुवै देशका प्रतिनिधिमण्डलका सदस्यहरूबीच पनि द्विपक्षीय वार्ता भएको थियो । दुईपक्षीय भेटवार्ताअघि देउवा र मोदीले मायादेवी मन्दिरमा पूजा गरेका थिए र त्यसपछि बौद्ध बिहारको शिलान्यास गरेका थिए । त्यसपछि पवन होटलमा भेटवार्ता शुरु भएको थियो ।

मोदी भारतीय वायु सेनाको हेलिकोप्टरबाट भारतको कुशीनगर फर्किएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।