रौतहट, ६ जेठ । राजनीति रिसिइवी साध्न नेपाल प्रहरीमा बारा जिल्लाको चिउटाहा इप्रकामा कार्यरत रहेका असई कमलेश यादवले रौतहटको मौलापुरको वडा नम्वर ८ मा कुटपिट गरेर दुई जनालाई गम्भीर घाईते बनाएका छन् ।
मौलापुर नगरपालिका वडा नम्बर ८ घर भएका असई कमलेश यादवको छिमेकी संग पुरानो रिसिइवी रहेको र निजको दाई निर्वाचनमा स्वतन्त्र उम्मेदवारमा उम्मेदवारी दिदा साथ नदिएको झोकमा शुक्रवार विहान डिउटी छाडेर गाउँमा आई कुटपिट गरेर दुई जनालाई गम्भीर घाईते बनाएका हुन् ।
कमलेस, शिव प्रसन्न यादव र शिवशंकर यादव मिलेर घरेलु हाथ हथियारको प्रयोग गरि स्थानीय राजकिशोर यादव र सिकिन्द्र यादवलाई निर्घात कुटपिट गरी गम्भिर घाइते बनाएका छन् ।
मौलापुर नगरपालिका ८ सोनरनिया घर भएको असई यादवलाई गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका लागी बाराको चिउराहामा खटाइएको थियो । पर्सा जिल्लाको विपत व्यवस्थापन पोष्टमा कार्यरत रहेका यादवलले भाई शिवप्रसन यादवको राजनीतिमा संनलग्न रही राजनीति गर्दै आएको स्थानीयले गम्भीर आरोप लगाए ।
सोनरनियाँ बजार चौकमा घुम्दै रहेको अवस्थामा अचानक असई यादवले हाथमा बासको चिरपट भाटा र डिउटीमा पाइने सरकारी पेस्तोलको बटले हानेर टाउको फुटाईदिएका छन् । असई कमलेश यादवको प्रहारबाट गम्भिर घाइते भएका दुवै जनाको गौर अस्पतालमा उपचार भईरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन