महतो हार्ने भाकल पुरा भएपछि पासवानले मुण्डन गराए

620 Shares

राधेश्याम कुशवाहा
सर्लाही, ६ जेठ । सुन्दा हेर्दा नै आश्र्चय लाग्ने घटना आज सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सार्वजनिक भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. ७ बस्ने एक स्थानिय वासीले गाउँपालिका अध्यक्षमा पराजित भएपछि मुण्डन गराएका छन ।

स्थानिय नागेन्द्र पासवानले ८ महिना पहिले महेन्द्र महतोबाट पिडित भएर वडा नं. ७ कै शिव मन्दिरमा गएर महतो पराजित भएपछि आफनो मुण्डन गर्ने भाकल गरेका थिए । भाकल पुरा भएपछि पासवानले आज आफनो मुण्डन गराएको छ ।

करिब ८ महिना देखि कपाल र जुंगा, दाधी नकाटी पासवान बसेका थिए । पासवान हिडडुल गर्दा मानसिक सन्तुलन गुमाएकै मानिस जस्तै कपाल, दाधी जुंगा देखिएको थियो । स्थानिय तह निर्वाचनमा महतो लोकतान्त्रिक समाजवादी पार्टी बाट आफनो उम्मेदवारी दिएका थिए ।

मतगणना परिणाममा महतो नेपाली कांग्रेसका उम्म्ेदवार राजकुमार महतो सँग पराजित भएपछि पासवानले नाढी तालमा रहेको शिव मन्दिरमा आफुले गरेको भाकल अनुसार ५० किलो लडु शिव मन्दिरमा चढाई पुजा पाठ गरी टाउकोको कपाल, दाधि र जुंगा खुसी भएर खुइलाएको छ ।

स्थानिय तह निर्वाचन २०७४ मा महेन्द्र महतो निर्वाचित भएपछि पासवानलाई मासिक १५ हजार दिने भन्दै कार्यालय सहयोगीको रुपमा करार नियूक्ति दिएका थिए ।

पासवानलाई नियुक्ति पश्चात २०७४ सालका तत्कालिन गापा अध्यक्षकका स्वकीय सचिव राम कैशाल साहको घरमा काम लगाइन्थयो, नाला, सौचालय लगायत विभिन्न कार्य गराउँदा पनि भनेको पारिश्रमिक नदिएर मासिक १२ हजार दिने गरेकोले पासवानले गापा अध्यक्षको स्वकीय सचिवबाट पिडित भएर जागिर छोडनु परेको थियो ।

त्यस्पछि पासवान रोजगारीको शिलशिलामा भारत गए । भारत बाट फर्केपछि पासवान पुःन घर आउँदा करिब ९ महिना पहिले पुःन मासिक १० हजार दिने गरी कार्यालय सहयोगीको नियुक्ती पाए ।

कार्यालय सहयोगीमा पासवानलाई पुन महतोका स्वकीय सचिव साहले पुरानै व्यवहार गरेपछि पासवानले जागिर छोडेर शिव मन्दिरमा त्तकालिन गापा अध्यक्ष महतो हार्ने भाकल ग¥यो । महतो हारेपछि आफुले ५० किलो लडु शिव मन्दिरमा चढाउने, चोखो भएर आफनो कपाल, दाधी र झूगा खुल्याउने भाकल गरेकोले भाकल पुरा भएपछि आज आफनो मुण्डन गराएको पासवान बताए ।

आज मेरो खुसिको सिमा नै छैन महेन्द्र महतो हारेपछि अहिले पर्व जस्तै मेरो उत्सव भएको पासवानले बताए । महेन्द्र महतो जो सँग पराजित भएपनि मेरो भाकल पुरा भएको छ,आफुले खसीले गदगद भएर नै मुण्डन गराएको पासवानले बताए ।पासवान सनपापरी बेचेर आफनो दैनिक गुजार गरिरहेको छ। पासवानको ७ छोरी, एक श्रीमती गरी ९ जनाको परिवार रहेको छ ।

महेन्द्र महतो लासपाका वरिष्ठ नेता राजेन्द्र महतोको दाई हुनुहुन्छ । महतो आफनै गाउँले राजकुमार महतो सँग पराजित भएपछि पासवानले आफनो भाकल अनुसार आज मुण्डन गराएको स्थानिय उमेश साहले जानकारी दिए । मुण्डन गर्ने स्थलमा नव निर्वाचित गाउँपालिका अध्यक्ष राजकुमार महतो लगायत सयौंको संख्यामा स्थानियहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।