नयाँ दिल्ली । चीनले भारतीय भूमि मिचेर पुल बनाउन लागेको आरोप लगाउदै भारतले चीनलाई चेतावनी दिएको छ । भारतले पाङगोङ सी मा दोस्रो पुल बनाउन लागेको र उक्त स्थान पूर्वी लद्दाखमा पर्ने दाबी गरेको हो । चीनको कदमलाई निगरानीमा राखिएको भन्दै भारतले आफ्नो सार्वभौमिकताको रक्षाका लागि जुनसुकै कदम चाल्ने चेतावनी दिएका छन् ।
भारतको विदेश मन्त्रालयले दुई दिन अघि विज्ञप्ती जारी गर्दै चीनले बनाउन लागेको पुलहरु गैरकानूनी अतिक्रमित भूमिहरु भएको उल्लेख गरेको छ । भारतले चीनको प्रमाणित हुन नसक्ने दाबी र गैरकानूनी निर्माणलाई स्वीकार्न नसक्ने भनेको छ ।
गत वर्ष चीनले यस्तै पुल निर्माण गरेको थियो । उक्त पुल पाङओङ तालको क्षेत्रमा बनाएको थियो । सन् १९६० देखि ती क्षेत्र चीनले अतिक्रमण गरेको भारतको भनाई रहेको छ ।
भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पुलहरुलाई कथित भनेका छन् । विज्ञप्तिमा पनि भारतले लद्दाख क्षेत्रमा भएको पछिल्लो विकसित घटनाक्रमलाई नियमित निगरानीमा राखिएको र भारतले आफ्नो सार्वभौमिकता र भौगोलिक एकताको रक्षाका लागि आवश्यक सबै कदम चाल्ने बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन