देवाही गोनाही (रौतहट), ९ जेठ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरु नेकपा एमालेका उम्मेदवार प्रेमलाल साहको पक्षमा मतदान गरेर जिताएका छन् ।
एमाले उम्मेदवार साहको पक्षमा ४२९२ मत पाएर अगामी ५ बर्षका लागि देवाही गोनाही नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । निजका प्रतिद्धन्दी जनता समाजवादी पार्टीका उम्मेदवार मधुलिका रानी पटेलको पक्षमा ३३९७ मात्रै मत प्राप्त भएर पराजित भईन ।
यसैगरी उपमेयरमा नेकपा एमालेका परनिया देवी ४४४५ मत पाएर विजयी भएकी छिन् । निजको प्रतिद्धन्दी जसपाका इश्वरीलाल प्रसाद यादवले ३५८० मत मात्रै प्राप्त गरेका थिए ।
वडा नम्वर १ मा एमालेका सफिना खातुन, २ मा जसपाका अतिकु, ३ मा जसपाका संजयकुमार पटेल, ४ मा एमालेका रामप्रवेश प्रसाद कुर्मी, ५ मा ओपेन्द्र साह कानु, ६ मा नेकपा एसका विष्णमुकुमार दास, ७ मा नेपाली काँग्रेसका उपेन्द्र राय यादव, ८ मा जसपाका विजयप्रसाद पटेल र ९ मा एमालेका वीरबहादुर पटेल निर्वाचित भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन