नयाँ दिल्ली । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा दैनिक उपभोग्य सामाग्रीको निकैअभाव छ । श्रीलंका ऋणको जालोमा परेर थप समस्यामा परेको हो । यसबीच उसलाई केही अन्तर्राष्ट्रिय स्तरबाट सहयोगले राहत दिएको छ ।
श्रीलंकालाई भारतले चामल, पाउडर दूध र औषधी सामाग्री पठाएको छ । उक्त सामाग्री आइतबार श्रीलंका पुगेको समाचार एजेन्सी एएनआईले लेखेको छ । चेन्नईबाट बुधबार जहाजबाट सामाग्री पठाइएको थियोे ।
तालिम नाडुका मुख्यमन्त्री एम के स्टालिनले ९ हजार मेट्रिक टन चामल, २ सय मेट्रिक टन दूधको पाउडर र २४ मेट्रिक टन औषधी बोकेको कार्गो जहाजलाई झण्डा देखाएर पठाएका हुन् ।
भारतले ३ अर्ब डलरको सहयोगको प्रतिवद्धता अनुसार सामाग्री पठाइरहेको छ । उसले श्रीलंकालाई इन्धन किन्न पनि पछि तिर्ने गरी आर्थिक सहयोग दिइरहेको छ ।
आर्थिक संकटमा फसेपछि श्रीलंकामा खाद्यान्न र इन्धन अभाव छ । त्यहाँ लोडसेडिङ्ग बढेको छ । जनता सडकमा उत्रिएका छन् ।
आर्थिक संकटले रनिल विक्रमसिंघेको नयाँ सरकार बनेको छ । तैपनि, संकट समाधान सहज नहुने देखिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन