कृष्णनगर, १० जेठ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगरमा ईमाम ए आजम कान्फ्रेन्स को इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्ला खाले प्रशंसा गरेका छन् l
उनले बताए कि नेपाली सुन्नी मुस्लिमहरुको दरगाह ए आला हजरतबाट धेरै पुरानो र गहिरो सम्बन्ध छ । नेपाली सुन्नी सूफी बिचारधाराको अनुयायहरुको विकासको लागि आला हजरत र खानदान ए आला हजरतको निकै ठुलो योगदान छ ।
कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजना गरिएको कार्यक्रममा भारतका वरिष्ठ आलीम ए दीन तथा दरगाह ए आला हजरतका सचीव मौलाना सलीम नूरीले नेपाली सुन्नी मुस्लिम समुदाय र दरगाह ए आला हजरतको वर्षौं पुरानो सम्बन्ध रहेको बताए । उहाले भनेकि नेपाली सुन्नी समुदायको आर्थिक सामाजिक धार्मिक विकासको लागि आला हजरत र खानदान ए आला हजरतले वर्षौं देखी काम गर्दै आएको छन् । उहाँले भन्नू भयो नेपालमा सुन्नी मुस्लिमहरुको संरक्षण तथा उन्नतिको लागि खानदान ए आला हजरतले पैदल यात्रा गरेर पनि काम गरेका छन् ।
उनको अनुसार मुफ्तिए आजम ए हिन्द , मुफस्सिर ए हिन्द , हुज्जतुल ईस्लाम , रेहान ए मिल्लत लगायतले नेपालको अधिकांश जिल्लामा मदरसा मस्जिदको बुनियाद राखेर सुन्नी समुदायको शैक्षिक आर्थिक सामाजिक विकासमा टेवा पुर्याएका हुन् । मौलाना मुश्ताक़ बरकती ,नसरूललह खां हैदर अली मुस्तफ़ा लगायत समेतले उक्त कार्यक्रमको प्रशंसा गरेका थिए l
उक्त सभामा अतिथिको रूपमा पाल्नु भएको मौलाना सय्यद गुलाम हुसैन मजहरीले नेपाल उल्मा काउन्सिलले नेपाली सुन्नी सूफी बिचारधाराको नागरिकहरुको लागि मुस्लिम युनिभर्सिटी सञ्चालनमा छिटै आउने र ईमाम अहमद रजा नामक लाइब्रेरी निर्माण हुने बताए । उहाँले भन्नू भयो कि नेपाली सुन्नी सूफी खानकाही बिचारधाराको अनुयायीहरुले सभा सम्मेलनहरुमा कटौती गरि शैक्षिक विकासको लागि युनिभर्सिटी कलेज र विद्यालयहरुमा लगानी गर्नुपर्ने अवश्यकता छ । सभामा प्रमुख अतिथिको रूपमा पाल्नु भएको दरगाह ए आला हजरतको वरिष्ठ सूफी मुफ्ती अहसन रजा खान एव: मुफ्ती मन्ना रजा खानले कार्यक्रमको अन्तिममा नेपालको विकास र सौहार्दको लागि प्राथना गरे । ईमाम ए आजम कान्फ्रेन्समा १० जना बालिकाहरुलाई दस्तार ए हिफ्जुल कुरआन गराइएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन