जम्मु काश्मीरमा विकास र शिक्षाले गति लिदै, लाभान्वित हुदै युवा पुस्ता

364 Shares

नयाँ दिल्ली । भारत सरकारले सन् २०१९ अगस्त ५ मा जम्मु काश्मीरलाई संघ प्रशासित प्रान्तको रुपमा पहिचान गरेसँगै त्यहाँको विकास र प्रगतिले तीव्रता पाएको छ । पछिल्लो समयमा शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा धेरै प्रगति भएको हो ।
भारत सरकारले त्यहाँका बालिबालिका र युवाहरुको भविष्यका लागि विद्यार्थीहरूको लागि बहुविध छात्रवृत्ति र अन्य योजनाहरूको घोषणा गरेको छ । दुई वर्षअघि मात्रै जम्मु काश्मीरका विद्यार्थीहरूलाई विदेश अध्ययन भ्रमणबारे कुनै जानकारी थिएन । यद्यपि, ’नया जम्मू–कश्मीर’ मा यो वास्तविकतामा परिणत भएको छ ।
हालै जम्मु काश्मीरका लेफिटनेन्ट गभर्नर मनोज सिन्हाले सकौत–केका १२ जना स्नातकका विद्यार्थीहरूको ब्याचलाई कन्सास स्टेट युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको अध्ययन भ्रमणका लागि अनुमति दिए । यी विद्यार्थीहरू भारतीय कृषि परिषद्को सहयोगमा सञ्चालित राष्ट्रिय कृषि उच्च शिक्षा परियोजना अन्तर्गत अध्ययनका लागि अमेरिकामा छन् ।
यो भ्रमण जम्मू–काश्मीरका युवाहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसरहरू प्रदान गर्न उद्दश्यबाट भारत सरकारले लिएको धेरै पहलहरू मध्ये एक थियो । उनीहरूले चुनौतीहरूको सामना गर्न र जिम्मेवार नागरिकको रूपमा हुर्कन सक्ने अवस्था सिर्जना भएको जनाइएको छ ।
अगस्ट ५, २०१९ पछि–जब केन्द्रले जम्मु–काश्मीरको विशेष दर्जा खारेज गरी त्यसलाई दुई केन्द्र शासित प्रदेशहरूमा विभाजन गर्ने निर्णयको घोषणा ग¥यो–सरकारले विद्यार्थीहरूको लागि धेरै छात्रवृत्ति र अन्य योजनाहरू घोषणा गरेको छ ।
भारतीय सरकारले प्रधानमन्त्री छात्रवृति योजना अन्तर्गत प्रदान गरिएको ५००० छात्रवृत्तिहरू, प्रधानमन्त्री विशेष छात्रवृत्ति योजना जम्मु–काश्मीर अन्तर्गत सामान्य डिग्री, व्यावसायिक डिग्री, र मेडिकल स्ट्रिमहरूमा पाठ्यक्रमहरू पछ्याउने विद्यार्थीहरूलाई छात्रवृत्तिहरू प्रदान गरिएको छ । विद्यार्थीहरूलाई सामान्य डिग्रीको लागि छात्रवृत्तिको लागि चयन गरियो । पाठ्यक्रमहरू वार्षिक रूपमा हुने भएकोले २० हजार शैक्षिक शुल्क र एक लाख विद्यार्थीको अन्य खर्चका लागि उपलब्ध गराइने भएको छ ।
यस विधा अन्तर्गत कुल १०० छात्रवृत्तिहरू प्रस्ताव गरिएको थियो । सरकारले विगत २ वर्षमा चालेका कदमहरूले गुणस्तरीय शिक्षामा विद्यार्थीहरूको पहुँचलाई सहज बनाएको छ । उनीहरूलाई उच्च शैक्षिकस्तरको लागि ज्ञान, सीप, अनुभव र तालिम प्रदान गर्न सकियोस् ।
राष्ट्रिय शिक्षा नीति–२०२० को कार्यान्वयनले युवा विद्यार्थीहरूलाई उन्नत अनुसन्धानमा मात्र नभई नयाँ र नवीन प्रविधिहरूको विकास र उनीहरूको व्यवसायिक विकासलाई सहज बनाउने अन्य विभिन्न क्षेत्रहरूमा पनि संलग्न हुन सशक्त बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।