यितेन्द्र शर्मा
पुरै विश्वको ध्यान युक्रेनतिर केन्द्रित रहेको बेला भारतले राननीतिक अस्थिरता र धार्मिक कट्टरपन्थको शिकार अफगानिस्तानतिर सम्बन्धित सबै देशहरुको ध्यानआकृष्ट गराएको छ । भारत स्वयंको सुरक्षाको निम्ति पनि अफगानिस्तानमा एउटा जिम्मेवार सहिष्णु, समावेशी तथा सबैले मनपराएको सरकार अस्तित्वमा देख्न चाहन्छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले ताजिकिस्तानको राजधानी दुसानवेमा एउटा क्षेत्रीय सुरक्षा सम्बाद सम्बन्धी बैठकमा सहभागी भए । यसको उद्देश्य अफगानिस्तानको वर्तमान अवस्थाबारे समीक्षा गर्नु थियो । बैठक यसकारण पनि सान्दर्भिक देखियो कि विगत १० महिनादेखि अफगानिस्तानको सत्तामा काबिज धर्मान्ध तालिवानहरुले सम्पूर्ण शक्ति आफ्नो हातमा लिई बालबालिका र महिलाको मौलिक अधिकारमाथि
कुठाराघात गर्दै आएको छ तिनको सुरक्षा बारेमा अलिकति पनि चिन्तित छैन । दोहा सम्झौता प्रति बचनबद्ध रहेको तथा आफ्नो देशको माटोबाट कुनै पनि छिमेकी अथवा क्षेत्रीय राष्ट्रहरुको विरुद्धमा गतिविधि गर्ने छुट कसैलाई पनि नदिएको तालिवान सरकारले सफाइ दिँदै आएको छ र यस सम्बन्धमा कसैको कुनै गुनासो भए आफू शान्तिपूर्ण तरिकाले वार्ता गर्न तयार रहेको र अफगानिस्तानलाई व्यापारको केन्द्र बनाउन आफूहरु सक्रिय भएको दावी गरेको छ । सबै छिमेकी राष्ट्रहरु सुमधुर सम्बन्ध बनाउन आफूहरु चाहेको जवाफ तालिवान सरकारको रहेको छ ।
दुसानवे बैठकमा अजित डोभालले पाकिस्तानमा रहेका त्यस्ता आतंकवादीहरुले जसले प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा भारतमा हिंसा तथा आतंक मच्चाउने काम गर्दै आएको छ त्यस्तालाई अफगानिस्तानको तालिवान सरकारले कुनै पनि किसिमको सहयोग, संरक्षणर सद्भाव नदेओस भन्ने माग गर्दै आएका छन् । अहिलेसम्म अफगानिस्तानले यस दिशामा कुनै ठोस पाइला चालेको छैन । जब कि भारतले भने अफगानिस्तानलाई ५० हजार मेट्रिक टन गहूँको सहायता पनि उपलब्ध गरिसकेको छ ।
ताजिकिस्तान सम्मेलनमा डोभालले रुस, चीन, इरान, मध्य एशियाका समकक्षीहरुसित दुईपक्षीय वार्त पनि गर्नेछन् । अफगानिस्तानका लागि संयुक्तराष्ट्रका विशेष प्रतिनिधि थोमस वेस्टले गम्भीर संकटका बेला भारतले अफगानिस्तानमा गरेको मानवीय सहायता प्रशंसनीय छ भन्दै अफगानी जनताको निम्ति भारतले गरेको अनेक किसिमको सहयोगबाट अफगानिस्तानलाई राहत प्राप्त भएको टिप्पणी गरेका छन । संयुक्त राष्ट्रसंघ भारतसित सहकार्य गर्न तत्पर छ । दुसानवे बैठकमा अजित भोडालले तालिवान सरकारको असफलता र आतंकवादको मुद्धालाई उठाउनुका साथै त्यहाँ समावेशी सरकारको आवश्यकता औल्याउने छन् ताकि त्यहाँका महिला, बालबालिका र अल्पसंख्यकको हितको रक्षा हुनसकोस् । तालिवान सरकार माथि महिला अधिकार र मानवअधिकारको व्यापक उलंघन गरिरहेको आरोप विश्व समुदायले लगाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन