स्वार्थी राजनीतिबाट नेपाली स्वाभिमान खतरामा

301 Shares

अमेरिका र चिनियाँ राष्ट्रहरुको स्वार्थ पूरा गर्ने थलोको रुपमा परिणत हुन थालेको छ नेपाल ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा नेपालमा सबैभन्दा बढी चिनियाँ अधिकारीको दौडधूप चल्ने गरेका थिए । ओलीले चीनसँगको बीआरआई परियोजनालाई अगाडि बढाउन खूबै मिहेनत गरे । चिनियाँ राष्ट्रपति सी चिनफिङ ओली प्रधानमन्त्री हुँदै नेपाल भ्रमण गरेको थियो ।

ओलीको कार्यकालमा चिनियाँ कम्युनिस्ट पार्टी र तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबीच संयुक्त प्रशिक्षण नै चल्यो । प्रशिक्षणमा सहभागिताका लागि नेकपाका तत्कालीन नेताहरुको तछाडमछाड नै भयो । नेपालको इतिहासमै यसअघि कहिले नभएको चीनको चहलपहल नेपालमा देखियो । चिनियाँ कम्पनीहरुले विभिन्न परियोजनाको जिम्मेवारी पाए ।

अहिले परिस्थिति बदलिएको छ । ओलीको बर्हिगमनपछि शेरबहादुर देउवा प्रधानमन्त्री बने । उनी सत्तामा आएलगत्तै अमेरिकी विकास परियोजना एमसीसी पारित गराउनतर्फ लागे । अमेरिकी अधिकारीहरु नै यसका लागि नेपाल आए । शिर्ष नेताहरुलाई दबाब दिएको खुल्यो ।

एमसीसी पारित पनि भयो । त्यसपछि अमेरिकाले थप आर्थिक सहयोगको घोषणा गर्यो । नेपालमा अमेरिकी अधिकारीहरुको भ्रमण बाक्लो हुनथाल्यो । अमेरिकी सिनेटरहरुको अहिलेसम्मकै ठूलो टोली नेपाल आयो । हालैमात्र अमेरिकी उपसहायक विदेशमन्त्री उज्रा जीया आइन् ।

जीया नेपाल आउनु अघि भारतको तीन दिने भ्रमण गरी धर्मशालामा पुगेर दलाई लामालाई भेटेकी थिइन् । उनी नेपाल आएर सुरुमा तिब्बती शरणार्थीलाई भेटिन् । यो भेटले तरङ्ग नै ल्यायो । चीनले समेत नेपालसँगको बैठकमा यसबारे प्रश्न उठायो ।

ओलीले जसरी प्रधानमन्त्री हुँदा नेपाल मामलामा चीनलाई तानेर ल्याएर देउवाले अमेरिकालाई तान्दै ल्याएका छन् । ओलीले चीनसँगको सीमा समस्या नै नरहेको ढिपी गरेर भारतसँगको कालापानीको समस्याको कुरा उठाइरहे । देउवा सरकारले कमिटी नै गठन गरेर चीनसँगको सीमा समस्याको अध्ययन गर्न लगायो । यसबाट प्रधानमन्त्री बदलिएपछि परिस्थिति बदलिएको स्पष्ट देखिन्छ ।

पछिल्लो समय अमेरिकाको नेपालमा उपस्थिति बढ्दै गएको छ । चीनले संवेदनशील ठान्ने गरेको तिब्बती मामलामा अमेरिका सिधै प्रवेश गरेको छ नेपालमा । यसले नेपालको राजनीतिमा अमेरिका र चीनको टकराव बढ्ने स्पष्ट छ । यसले सत्ता देखि भावी राजनीतिमा समेत असर पर्ने संकेतहरु देखिइसकेका छन् ।

विगतमा कम्युनिस्टहरुलाई एक बनाएर चीनले आफ्नो उपस्थिति बढाउन सकेको थियो । उसले फेरि कम्युनिस्ट मिलाउने रणनीतिलाई गति दिन थालेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केही नेताहरु ओली र प्रचण्ड मिलाउन सक्रिय भएका छन् । ओली र उपेन्द्र यादवको भेट भइसकेको छ । माधव नेपालमाथि नेकपा एसमा एमालेसँगको एकीकरणको दबाब बढेको छ । यी दबाबहरु बढ्दै जाँदा आगामी चुनावसम्म घटनाक्रम नयाँ ढंगले विकास हुनसक्ने देखिन्छ ।

कम्युनिस्ट पार्टी फुट्न नदिन चिनियाँ अधिकारीहरु खुलेरै लागेका थिए । चिनियाँ राजदूत होउ यान्छी त्यतिबेला निकै सक्रिय भइन् । अमेरिकाको नेपालमा बढ्दो उपस्थितिबाट सतर्क बनेको चीनले फेरि सक्रियता बढाउन थालिसकेको छ ।सामरिक रुपमा संवेदनशील ठाउँमा रहेको नेपालमा अमेरिका र चीनको टकराव स्वाभाविक पनि हो । तर, यो टकराव पेचिलो बन्दै जाँदा आन्तरिक राजनीति अस्थिर बन्न सक्छ । ओलीले खुलेआम अमेरिकी सक्रियताको विरोध गरेका छन् । उनले अमेरिकी मन्त्री जियाले गुम्बा गुम्बामा स्कटिङसहित भेटेको विषय उठाएका छन् । पूर्वप्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताले यो विषय उठाउनृु सामान्य विषय होइन । तर, उनै ओलीले विगतमा चीनलाई असाध्यै खिचेर नेपाल मामलामा ल्याएका थिए । देउवाले पनि ओलीकै शैलीमा अमेरिकालाई खिचेर तानिरहेको देखिदैछ ।

नेपालको राजनीतिमा एउटा महाशक्तिलाई खिचेर अर्को महाशक्तिलाई अप्ठ्यारो पार्ने कार्यशैली सत्तामा रहनेहरुमा देखिदै आएको छ । शक्ति सन्तुलन कायम राख्ने चार्तुयता देखाउने भन्दा कुनै एक महाशक्तिसँग बढी निकटता बनाउने शैलीले समस्याहरु ल्याउने गरेको छ । स्वयं सत्तामा चुनौती आउने देखि देशको राजनीतिक स्थिरतामा समेत चुनौती बढ्ने गरेको छ । अमेरिकाविरुद्ध चिनियाँ कार्ड र चीनविरुद्ध अमेरिका कार्डले राजनीतिलाई चुनौतीपूर्ण बनाउँदै लाने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।