रौतहट, २८ जेठ । सिमापार लैजानको लागि ल्याउदै गरेको अवस्थामा १७ थान गाई बाछोलाई सशस्त्र प्रहरीले समातेपनि पुन ः त्यही तस्कर समक्ष गाई बाछो पुगेका छन् ।
शनिवार विहान ३ बजेको समयमा विशेष सुराकीको आधारमा सशस्त्र वेस क्याम्प दुधियाभारले विर्ता चौक नजिकबाट प्रदेश २–०३–००१ख–१४८७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएको ट्रकमा १७ थान गाई बाछो बरामद भएको थियो ।
बरामद भएको गाईबाछो दुधियाभार बेस क्याम्पमै राखेर खाली ट्रकलाई सशस्त्र प्रहरीले गौर भन्सार कार्यालयमा बुझाउदै १७ गाईबाछोको ३४ हजार रकम मूल्याँकन राख्दै आवश्यक कारवाहीका लागि प्रतिवेदन बुझाइयो । श्रोतका अनुसार गाईबाछोको कारोवार गर्ने व्यक्तिबाट उक्त वेसपतिको मिलोमतोमा कम मूल्याँकन गराई प्रतिवेदन बुझाइयो ।
गौर भन्सार कार्यालयका केही सेण्डिकेट चलाउनेहरु पनि सक्रिय भएर ३५ हजार ५ सयमा लिलामी सकार गरेर पुन ः त्यही व्यापारी समक्ष गाईबाछो पुग्न सफल भएको छ । श्रोतका अनुसार पहाडी भेगबाट गाईबाछो, गोरुहरु ट्रकमा लोड गरेर सिमावर्ती क्षेत्रमा ओरालेर भारत हुँदै बंगलादेश सम्म तस्कारी हुने गरेको उक्त कार्यमा यहाँको सुरक्षाकर्मीहरुले आर्थिक प्रलोभनमा परेर साथ दिदै आएको हुँदा तस्करी गर्ने कारोबारीको मनोबल बढदै गएको छ ।
एउटा उखान छ, हात्तीको देखाउने दाँत र खाने दाँतमा फरक छ । हिन्दु समाजमा गाईलाई पुजा गर्ने गरिन्छ तर छणिक लाभको लागि सोही गाईको तस्करी गराएर पैसा कमाउन पल्केकाहरु विरुद्ध सम्बन्धित निकायले कारवाही किन गर्दैनन् प्रश्न उठ्नु स्वभाविकै हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन