दाइजोमा कार नदिदा वेहुलीलाई यातना दिनेलाई अदालतले न्याय दिए

375 Shares

रबीन्द्र साह
रौतहट, २८ जेठ । दाइजोमा वेहुलालाई कार नदिदा वेहुलीलाई चरम यातना दिएपछि न्याय माग्दै अदालतको शरणमा पुगेकी महिलालाई रौतहट जिल्ला अदालतले न्याय दिएको छ ।
दाईजो लिएको आरोपमा तिनलाख धरौटी राख्न नपाउदा रौतहट जिल्ला अदालतले पिडकलाई जेल चलान गर्ने आदेश दिएको हो ।
नेपालमै पहिलो पटक बिबाहमा ३० लाख भारतीय रकम लिएको र थप कार मागेको भन्दै बिबाहमा लेनदेन दाइजो मागेको मुद्दा दर्तामा दुबै पक्षको कानुन व्यावसायिकको बहस पैरवी पश्चात रौतहट जिल्ला अदालतको इजलास न. ६ का न्यायाधीशले आरोपित चार जना मध्ये एकजना पक्राउ परेको रेणु गुप्ताको हकमा ३ लाख धरौटी माग गर्दै यदी धरौटी तिर्न नसक्दा जेल चलान गर्ने आदेश दिए ।
भारतको बिहार राज्यका शिवहर जिल्ला पिपरा थाना बसहिया गाउँ निवासी २४ बर्षिय प्रीयादर्षनी गुप्ता र गरुडा नगरपालिका वार्ड नम्वर ५ निवासी जयलाल साहको कान्छो छोरा रोशन कुमार गुप्ता संग २०७७ मंसिर १० गते समाजिक परम्परा अनुसार मागी बिबाह भएको थियो ।
बिबाहमा केटा पक्षले ३० लाख भारतीय रुपैया नगद लिई बिबाह गरेपछि दुलही घर भित्याइएको २२ दिन नबितिदै दाइजोमा थप कार माग्न सुरु गरे । कार चाडो नदिए तिमिलाई घर निकाला गरिदिन्छु भन्दै सासु, ससुरो, श्रीमान र नन्दहरु मिली चरम यातना दिन सुरु गरे ।
वेहुलीलाई चरम यातना दिदै आएको खवर पाउना साथ गरुडा प्रहरीले तत्कालै प्रीयादर्शनिलाई उद्धार गरिएको थियोे । केही महिना नबित्दै श्रीमान रौशन कुमार गुप्ताले पर्सा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेका थिए । त्यसपछि श्रीमति पृयादर्शनि गुप्ताले मानोचामल र घरेलु हिंसा लगायतको मुद्दा अहिले सम्म उच्च अदालत जनकपुरको अस्थायी इजलास विरगंज, जिल्ला अदालत पर्सा र रौतहट जिल्ला अदालतमा गरी १८ वटा मुद्दा गराइकी छिन ।
नेपालमा पहिलो पटक बिबाहमा लेनदेन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालयले दर्ता गरी अनुसन्धान प्रक्रियाको क्रममा तत्कालै प्रीयादर्शनिकी नन्द रेणु गुप्तालाई बिरगंजको नगवा टोलबाट प्रहरीले पक्राउ गरेर रौतहट जिल्ला अदालत समक्ष पेश गरेको थियोे ।
बिबाहमा लेनदेन गरेको अन्य चार जना आरोपित ब्याक्तिहरु फरार रहेकोले निजको नाउँमा पक्राउ पुर्जी जारी गरेको रौतहट जिल्ला अदालतका रजिस्ट्रार सुशील कुमार यादवले बताए ।
अदालतको आदेश अनुसार पक्राउ परेका रेणु गुप्ताले ३ लाख धरौटी राखेर रिहा भएको बताइएको छ । यसरी ३० लाख भारतीय रुपैया दाइजो लिएर पनि थप दाइजोको लागि प्रताडना गर्ने व्यक्तिहरु उपर हदै सम्मको कानुनी उपचार गरेमा मात्रै दाइजोका लोभीहरु साइजमा आउने विश्वास स्थानीयहरुको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।