सर्लाही, २८ जेठ । सामान्य विवादमा सर्लाहीमा भाञ्जाद्धारा मामाको हत्या गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर ११ हीरापुरमा शनिबार दिउसो भान्जाले आफनै मामाको हत्या गरेको हो । तरकारी बारीमा काम गर्नेक्रममा भएको विवादमा ३१ वर्षीय भाञ्जा रवी विकले मामा लालबन्दी वडा नम्वर १७ रानिगञ्जका ४५ वर्षीय अशोक विकको हत्या गरेको छ ।
तरकारी लगाउन माच बनाउने क्रममा विवाद भएपछि रवीले माच बनाउनकै लागि राखिएको बाँसले मामाको टाउकोमा प्रहार गरेका थिए । घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रवीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । काठमाण्डौंमा बस्ने रवी नागरिकता बनाउन भन्दै केही दिनअघि मात्रै घर आएका थिए । घर आए पछि रवी मामा सँगै मिलेर नातेदार काकाको बारीमा तरकारी खेतीका लागि माच बनाउन खटिएका थिए । मामा र भान्जाबीच भएको विवादको कारण खुल्न सकेको छैन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन