युवा नेता मिश्रद्वारा जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने घोषणा

336 Shares

सर्लाही, ३० जेठ । सर्लाहीको रामनगर गाउँपालिका निवासी एवं लोसपाका युवा नेता मनिष मिश्र ले आफनो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।
जन्मदिनको उपलक्ष्यमा उहाँले रामनगर गाउँपालिका वडा नं.-१,सर्लाही स्थित श्री सुधा कृष्ण आधारभुत विद्यालयको कक्षा १ देखी कक्षा ५ सम्मको बिधार्थीहरूमा प्रत्येक कक्षाको उच्चतम नतिजा ल्याएको एक जना छात्र र एक जना छात्रालाई शैक्षिक सामाग्री प्रदान गरिने घोषणा गरेको हो ।

विद्यार्थीहरुमा शैक्षिक प्रतिस्पर्धाको विकास भएमा मात्रै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन र बालबालिकाको मनोबल उच्च पार्नका लागि विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको युवा नेता मनिष मिश्रले बताए ।

आजको बालबालिका भोलिको देशका कर्णधार हुन र कुनै पनि समाजको विकासमा शिक्षाको महत्वपूर्ण योगदान रहेका कारण स्थानीय स्तरमा गुणस्तरीय शिक्षामा जोड दिए ।
उहाँले यस कार्यलाई शिक्षा प्रतिको आस्था,राजनीतिक संस्कारको विकास तथा समाज प्रतिको सकारात्मक भावनाको उजागर गर्नेछ भनि विश्वास लिएको बताए। अगामी दिनहरुमा रामनगर गाउँपालिकाको विकासमा विभिन्न सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सर्लाहीको रामनगर गाउँपालिका वार्ड न.१ निवासी युवा नेता मनिष मिश्र विगत २ दशकदेखि विधार्थी राजनीतिमा सक्रिय भुमिकामा रहि अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल को केन्द्रीय राजनीतिमा सक्रिय छन।
नेपालको शैक्षिक राजनीतिमा बिभिन्न किसिमका आन्दोलन जस्तै इन्स्टिच्युट अफ मेडिसिनमा आरक्षण सम्बन्धि, गाडी भाडामा विधार्थीलाई छुट दिने आन्दोलन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलन अथवा वा महंगी बिरूद्ध लगायतका विभिन्न आन्दोलनमा उहाँको सक्रिय भुमिका रहेको थियो।

जन्मदिनको अवसरमा उहाँले शैक्षिक सामग्री वितरण गर्ने गरेको घोषणा स्वागतयोग्य भएको भन्दै स्थानीय स्तरमा उहाँको चौतर्फी प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।