सिंगापुर । चिनियाँ ह्याकरहरुको विश्वको विभिन्न विकसित मुलुकहरुको सुरक्षा व्यवस्था खतरामा पर्ने आशंका व्यक्त गरिएको छ ।
चीन विश्वकै खतरनाक ह्याकरहरुको देशका रुपमा समेत परिचित हुन थालेको छ । त्यहाँ राज्यकै साइबर सञ्चालकहरु ह्याक, जासुसी देखि डाटा संकलन गर्न सक्रिय रहेको विषय बोस्टरमा रहेको साइबर सेक्युरिटी फमले उल्लेख गरेको द सिंगापुर पोष्टले लेखेको छ ।
पश्चिमा विश्वले त चीनबाट सबैभन्दा ठूलो साइबर खतरा रहेको देख्न थालेको छ । रुस, इरान र उत्तर कोरियाबाट पनि यस्तो खतरा रहेको उल्लेख छ । साइबर सञ्चालकहरुले संवेदनशील डाटा चोर्ने, विभिन्न कम्पनीको प्रविधि चोरी गर्ने, उत्पादनका सूत्रहरु समेत चोर्ने गतिविधि गरिरहेको खबर छ । अरबौं बौद्धिक सम्पत्ति चोरीको विषय पनि उठेको छ ।
सबैभन्दा बढी अमेरिकाबाट डाटा चोरी भएको एफबीआइका निर्देशक क्रिस्टोफर रे ले बताएको सिंगापुर पोष्टले लेखेको छ । अमेरिकीहरुको व्यक्तिगत डाटा पनि चोरी भएको उल्लेख छ । धेरै अमेरिकी कम्पनीहरु ह्याकरको जासुसीको तारोमा परेको स्वीकारिरहेका छन् । चिनियाँ ह्याकरहरुले भारतमा पनि तारो बनाएको खबर छ । त्यहाँको ऊर्जा क्षेत्रमा केही महिना अघि तारो बनाएको खुलेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन