गरुडा (रौतहट), ३ असार । नेपाल भारतको खुला सीमाको फायदा उठाउदै कारोवारीहरु अहिले रौतहट सर्लाहीको विभिन्न नाकाहरुबाट पशु चौपायाको तस्करी निर्वाध रुपमा जारी राखेका छन् ।
खुला सिमामा तैनाथ दुबै तर्फको सुरक्षाकर्मीहरुको साँठगाँठमा पशुचौपायाको अबैध तस्करी निर्वाध रुपमा भईरहेको छ । तस्करीका लागि सर्लाही पछिको रौतहट अहिले हब बन्दै गएका हुन् ।
पशु चौपायामा खास गरेर नेपालबाट भारत हुँदै बंगलादेश सम्म गाई गोरु तथा भारतबाट भैंसी, पाडापाडी, राँगाहरु नेपाल भित्रने गरेका छन् । ति सबै कार्यमा नेपाल भारत सिमा क्षेत्रमा सुरक्षाको जिम्मेवारी पाएकाहरुको अपवित्र साँठगाँठबाट निर्वाध रुपमा कारोबार जारी रहेको छ ।
इशनाथ नगरपालिकाको औरैया, बन्जरहा, मठिया, लतमरी, रामपुर खाप, घिउरा, परोहाको नरकटिया, जयनगर तथा बौधी माईको बंकुल, कोपवा, राजदेवीको ब्रम्हपुरी तथा सर्लाहीको बलरा, बहादुरपुर, मधुवन, छतौना, त्रिभुवननगर, सग्राम्पुर लगायतका विभिन्न चोर नाकाहरुबाट सयौं पशु चौपायाहरु दिनहुँ भित्रने कार्य भईरहेको छ तर सबन्ध निकाय मौन बसेको छ ।
भैंसी, पाडापाडी, रागाँको काम गर्ने इशनाथ नपा औरैयाका नागेन्द्र साह कानु, सदरे आलम वैरिया, कान्छा (ओशी अख्तर मन्सुरी), इशनाथ नपा लक्ष्मिनियाका लम्बु (सफरुल), र मोतिपुरका इन्ताज सहितको तस्करहरु भैंसी पाडापाडी, राँगा र गाई गोरुको नेपाल भारतको कारोवार संचालन गर्दै आएको श्रोतको दाबी छ ।
त्यती मात्रै नभई चन्द्रपुरका साईला भन्ने गाई गोरुको व्यापारीले यी मानिसहरुको माध्यमबाट सिमापारी पठाउने गरेको पाइएको छ । गढीमाईको धरमपुर पुल भएर वागमती नदी पार गराएर सर्लाहीको बाटो भएर सिमापार गाईगोरुलाई पठाउने कार्यमा साइला संलग्न रहेको श्रोतले बताए ।
अन्य सामानहरुको तस्करी भई नै रहेछ तर पशु चौपायाको तस्करीले यतिखेर रौतहट सर्लाही देशमै अग्र स्थानमा आएको छ । पटक पटक तस्करी नियन्त्रणको लागि प्रतिबद्धता जनाइएपनि प्रतिबद्धताको विपरित काम भईरहदा जनमानसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा प्रति हेर्ने दृष्टिकोर्णमा निकै भिन्नता आएको छ । यस्ता अबैध कारोवारको संचालन गराउनमा तस्करहरु घुमुवा मार्फत सेटिंग मिलाउने गरेको ति श्रोतको भनाई रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन