संघाई । चिनीयाँ कम्युनिष्ट पार्टीको सरकारले भ्रष्टाचारमा मुछिएका झण्डै ११ हजार भन्दा बढि सरकारी ओहदामा रहेका कर्मचारी विरुद्ध कारवाही गरेको छ ।
चिनियाँ सरकारको हुकुमत विरुद्ध काम गर्नेहरुमा भ्रष्टारचारको आरोपमा संलग्न गराएर भन्दै ११ हजार भन्दा धेरै सरकारी अधिकारीलाई कारवाही गरेको हो । एकै महिनामा चीनले ११ हजार ३ सय ५१ जना सरकारी अधिकारीलाई भ्रष्टाचारको आरोपमा कारवाही गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको ८ बुँदे आचारसंहिता विपरीत काम गरेको भन्दै उनीहरु कारवाहीमा परेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उनीहरु गत अप्रिल महिनामा कारवाहीमा परेको जनाइएको छ ।
उनीहरु विभिन्न ७ हजार ४ सय ४१ भ्रष्टाचारका घटनामा संलग्न रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोग तथा राष्ट्रिय सुपरीवेक्षण आयोगले जनाएको छ ।
उनीहरुमध्ये ७ हजार ६ सय ३ जनाले पार्टीगत अनुशासन वा प्रशासकीय जरिवाना व्यहोरेको जनाइएको छ । चीन सरकारले सन् २०१२ मा आठ बुँदे आचारसंहिता लागू गरेको थियो ।
आलोचकहरुले भने कम्युनिष्ट पार्टीले आफ्ना विपक्षी एवम् विरोधीरुलाई तह लगाउन यस्तो आचारसंहिताको दुरुपयोग गर्ने गरेको आरोप लगाउँदै आएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन