अहमदाबाद । भारतको गुजरातको अहमदावादमा एक नेपाली युवकले पाँच जना भारतीय नागरिकलाई जीवन दान दिएको छ ।
एशियाकै ठूलो मध्ये एक रहेका अहमदाबादको सिभिल अस्पतालमा एक बर्ष देखि उपचार गराइरहेका एक नेपाली युवकले आफनो शरिरको अंग दान गरेर पाँच भारतीय नागरिकलाई जीवन दान दिएको हो ।
सडक दुर्घटनामा परी घाइते भएका लक्ष्मण मंगेता नामका २५ वर्षीय नेपाली युवकलाई अहमदाबाद सिभिल अस्पतालमा भर्ना गरिएको थियो । लक्ष्मणलाई त्यहाँको चिकित्सकले ब्रेन डेड घोषित गरेपछि परिवारका सदस्यले उनको अंगदान गर्ने स्वीकृत गरेका थिए ।
लक्ष्मणको दान गरिएका पाँचवटा अंगबाट पाँच भारतीय नागरिकलाई प्रत्यरोपण गरिएको भारतीय संचारमाध्यममा खवर छापिएको छ । अस्पताल स्रोतलाई उढृत गर्दै भारतीय संचारमाध्यमले भारतमा विदेशी युवा यसरी अंग दाता बनेको सायद यो पहिलो घटना भएको हुनसक्ने बताएको छ ।
नेपालका लक्ष्मण मंगेटा र उनको परिवार विगत केही वर्ष देखि अहमदाबादबाट १३०० किलोमिटर टाढा बस्दै आएका छन् । गत बर्षको असार १० गते सडक दुर्घटनामा परी लक्ष्मण घाइते भएका थिए । उनलाई अहमदावाद सिभिल अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको अथक प्रयासका बाबजुद पनि युवकलाई बचाउन सकिएन र मंगलबार चिकित्सकले उनलाई ब्रेन डेड घोषणा गरे ।
ब्रेन डेड भएको खबरले सिंगो परिवार स्तब्ध भयो । यति हुँदाहुँदै पनि मानवीय निर्णय लिएर उनीहरू अंगदानका लागि राजी भए । लक्ष्मणको कलेजो, दुईवटा मिर्गौला, मुटु र प्यान्क्रियाज दान गरिएको अस्पताल स्रोतले बताएको छ ।
लक्ष्मणको अंग पाँच विपन्न परिवारका मानिसलाई प्रत्यारोपण गरिएको अस्पतालले बताएको छ । प्रत्यारोपणपछि अहमदावाद सिभिल अस्पतालले लक्ष्मणको शव नेपाल लैजाने व्यवस्था मिलाएको थियो । तर लक्ष्मणको घर नेपालको कुन जिल्लामा हो भने खुलाइएको छैन न उनको अभिभावकको नाम दिइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन