203
Shares
पटना (भारत), ५ असार । विहारको राजधानी पटनाबाट संघिय राजधानी नयाँ दिल्लीका लागि १८५ जना यात्रुलाई लिएर उडेको स्पाइस जेटको विमानमा अकाशमै आगो लागेपछि पुन ः पटना विमान स्थलमा विमानलाई आकस्मिक अवतरण गराउन सफल भएको छ ।
स्पाइस जेटको विमान १८५ जना यात्रुलाई बोकेर उडेको केही वेरमै विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेका थिए । आगो लागेपछि पाइलटले बाँया साइडको इन्जिन बन्द गरेर विमानलाई पुन ः पटना एयरपोर्टमा सुरक्षित रुपमा अवतरण गराइएको हो ।
१८५ जना यातु र चार जना चालक दलको सदस्यहरु सबै सकुशल रहेको बताइएको छ । उडिरहेको विमानमा आगो लागेको जमिनबाटै देखिएको थियो । आगोलागेको देख्नेहरुले प्रहरी र विमानस्थललाई जानकारी गराएको भारतीय संचारमाध्यमहरुमा उल्लेख गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन