बेइजिंग । चीनमा पढेलेखेका वेरोजगारको संख्या बर्षेणी ह्वातै बढिरहेको छ, तिनीहरुलाई रोजगारी प्रबन्ध मिलाउने चिनियाँ सरकार संग कुनै ठोस निति रहदा कम्युनिष्ट सरकारलाई टाउको दुखाईको बिषय बनेका छन् ।
चीनमा शैक्षिक बेरोजगार ठूलो समस्या बन्न थालेको छ । हरेक वर्ष एक करोडभन्दा बढी स्नातक उत्तीर्ण जनशक्ति उत्पादन हुन थालेका छन् । तर, उनीहरुसामु रोजगारीको समस्या बढेको छ ।
यस वर्ष मात्र १ करोड ७ लाख ६० हजार स्नातक उत्तीर्ण गर्ने अनुमान गरिएको छ । यो गत वर्षको तुलनामा बढी हो । चीनमा स्नातक उत्तीर्ण गर्ने बढेपनि रोजगारीको अवसर घट्न थालेको छ । जसका कारण विश्विद्यालय र कलेजहरुमा प्रदर्शन हुन थालेको छ ।Advertisement
चीनका राष्ट्रपति सी चिनफिङका लागि शैक्षिक बेरोजगारको समस्या चुनौती बनेको छ । उनले सिचुवान प्रान्तको भ्रमणका क्रममा स्नातक गरेकाहरु ठूलो संख्यामा रोजगारीको बजारमा आउने भन्दै त्यसको ख्याल राखिने बताए । उनले बढीभन्दा बढी रोजगारीको अवसर सृजना गरिने समेत बताए ।
सिचुवान रोजगारीको अवसर भएको महत्वपूर्ण ठाउँ भएको ग्लोबल टाइम्सले लेखेको छ । तर, शहरी क्षेत्रमा शिक्षित जनशक्ति उत्पादन बढ्दै गएपनि रोजगारीको अवसर बढ्न सकेको छैन । यसले ठूलो संकट आउनसक्ने देखिएको छ। चिनको वुहान बाट २०१९ को अन्तिम महिना बाट शुरु भएको कोरोना महामारीले चीनमा थप संकट गहिरिएर बाहिर आएको छ । कोरोना पटक पटक चीनमा ब्यापक रुप लिने गरेको छ । जसका चिनियाँ ब्यवस्थापन , ब्यापार थप घाटा भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन