207
Shares
काबुल । अफगानिस्तानमा बुधवार विहानै गएको शक्तिशाली भुकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
अफगानिस्तानको खोस्त सहर भन्दा ४४ किलोमिटर टाढा केन्द्रविन्दुमा ६.१ रेक्टर स्केलको भुकम्प आज विहान आएका थिए । भुकम्पको कारण अहिले सम्म ९२० जनाको मृत्यु भईसकेको पुष्टि गरिएको हो ।
युद्ध स्तरमा उद्धार कार्य जारी रहेकोमा मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले ग्रामीण इलाकामा अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक तथा घाइतेको संख्या बढ्ने बताए । उनका अनुसार अहिलेसम्म ६०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको छ ।
भुकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । भुकम्पबाट पूर्वी प्रान्त पक्तिका सबैभन्दा धेरै प्रभावित भएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन