घरको गर्ज टार्न जग्गा जमिन दृष्टिबन्धक राखेर गाउँको साहु महाजन संग ऋण लिएका अहिले मिटर ब्याजीको चंगुलमा परेर जग्गाजमिन गुम्ने अवस्थामा पुग्दा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष कारवाही गर्न गुहार लगाएका पिडित परिवारले ।
प्रधानमन्त्री देउवाले मिटर ब्याजीलाई कारवाही गर्नमा चासो देखाएर गृह मन्त्रालयलाई निर्देशन दिएको समाचार सार्वजनिक भएपछि मिटर ब्याजीको फन्दामा परेकाहरु बहिर आउन थालेको हो । गृह मन्त्रालयले मिटर ब्याजी सम्बन्धी गतिविधिहरु भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको थियो ।
रौतहटको वृन्दावन नगरपालिका ६ निवासी हरेन्द्र झाले प्रमुख जिल्ला अधिकारी मार्फत मिटर ब्याजीलाई कारवाही गर्न प्रधानमन्त्री समक्ष निवेदन पेश गरेका छन् । पिडित झाले दिएको निवेदनमा रौतहटको गौर नगरपालिका वडा नम्बर ६ बस्ने जोखु साहको नाती रामचन्द्र साहको छोरा श्रीराम साहले म सँग २०७४ साल चैत ०९ गतेका दिन २ लाखको ऋण लिदा मेरो श्रीमती बन्दना देवी झा बाट विभिन्न कागजातहरुमा ६१ लाखको कागजात गराएको आरोप लगाएका छन् ।
५ लाखको दृष्टिबन्धक गराएको र निज श्रीराम साहले आफनो नाममा ६ लाखको कपाली र निजको भाइ राधेश्याम साहको नाममा १५ लाखको कपाली गराएको र आफनै काकाको छोरा अबधविहारी साहको नाममा ११ लाखको कपाली गराएको र निजको आफनो ससुरा रामचन्द्र साहको नाममा १० लाखको कपाली फेरी आफनो सालो रामगोविन्द प्रसाद साहको नाममा ८ लाखको कपाली गराएको र आफनै सालो हरेराम साहको नाममा ६ लाखको कपाली श्रीराम साहले आफू बाट गराएको उल्लेख गरेका छन् ।
सबै कपालीको लेखनदास रौतहटको माधवनारायण वडा नम्बर २ खेसरहिया बस्ने भागीरथ प्रसाद साहले गराइलिएको र लेखनदास साहले आफनो श्रीमतीको नाममा पनि ५ लाखको कपाली गराइसकेको झाले दिएको उल्लेख गरिएको छ । धनिहरुलाई आफूले लिएको ऋण दिन जाँदा लिन नमानेको र कपाली माग्दा समेत फिर्ता नदिएको पिडितको गुनासो छ ।
आफू अन्यायमा परेको भन्दै पिडितले प्रचलित कानुन बमोजिम कारवाही गरी मिटर ब्याजी साहु सँग मुक्ती दिलाउन प्रधानमन्त्री संग गुहार लगाएको छ । मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानुन विपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने र मानसिक रूपमा यातना दिने लगायतका घटनाहरु हुँदै आएका छन् ।
तिनलाई पैसा दिने बेलामा गराइएको घरायसी कागजमा प्राय ः ऋणको अङ्क नै बढाउने गरेको उदाहरण पनि उजागर भएको छ । ऋण दिनेको नियत नै ऋणीको सर्वस्व लुटने हुने गरेको देखिएको हुँदा कानुन बमोजिम यस्ता मिटर व्याजी विरुद्ध कारवाही गरेर मेरा सम्पत्ती फिर्ता गराईदिन नेपाल सरकार संग माग गरे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन