काठमाडौं, १३ असार । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र गरिमा विकास बैंक लिमिटेड (एससिटि) डेबिट कार्ड मार्फत भुक्तानी सेवा प्रदान गर्न सम्झौता भएको छ ।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजु र राष्ट्रिय स्तरको “ख” वर्गको गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल विच एससीटी–युपीआई डेबिट कार्ड मार्फत भुक्तानीको सेवा प्रवाह गर्ने सम्बन्धमा सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर भएको हो ।
नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुसार समग्र भुक्तानीको प्रणालीमा नगदको भौीतक प्रयोगलाई कम गर्दै विद्युतीय कारोवारलाई बढावा दिने उद्देश्यका साथ क्रियाशिल स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगतमा लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारको बैंकिंग सेवा दिदै आएका एवं मुलुकको बैंकिंग क्षेत्रमा अग्रणी स्थानमा रहेका गरिमा विकास बैंक लिमिटेडको सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा महत्वपूर्ण योग्दान पुग्दै जाने विश्वास लिएको बताइएको छ ।
सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र गरिमा विकास बैंक लिमिटेड वीच एससीटी–युपीआई डेबिट कार्ड (क्ऋत्(ग्एक्ष् म्भदष्त ऋबचम) प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ब्त्ः, एयक्, भ(ऋयmmभचअभ जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन