भारतीय क्षेत्रबाट पशु पंक्षि जन्य बस्तुहरुको अयात गर्न रोक

734 Shares

रौतहट, २८ माघ । भारतीय बजारबाट पशु पंक्षि जन्य बस्तुहरुको आयातलाई निरुत्साहित गर्न सिमावर्ती क्षेत्रमा निगरानी जिल्ला प्रशासन कार्यालय रौतहटमा ५ बुंदे निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा पशु क्वारेन्टाइन कार्यालय विरगंजको कार्यालय प्रमुख सहितको पदाधिकारीहरुको रोहवरमा सिमावर्ती क्षेत्रबाट नेपालमा भित्रने पशु चौपाया, कुखुराको चल्ला लगायतको वस्तु माथि निगरानी गरी प्रवेश गर्नमा रोक लगाउन ५ बुंदे निर्णय गर्दै कडाईका साथ पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको हो ।
पशु क्वारेन्टाइन कार्यालय विरगंजको चालु आर्थिक बर्ष २०७७÷०७८ स्वीकृत बार्षिक कार्यक्रम अनुसार सिमावर्ती क्षेत्रमा कडाई गरी पशु चौपाया प्रवेश गराउदा नियमित रुपमा क्वारेन्टाइन चेकजाँच गरेर मात्रै प्रवेश गर्नु दिन तथा कुखुराको चल्ला, हास सहित पशु पंक्षिहरुलाई निर्वाध रुपमा प्रवेश गर्न नदिन निर्णयहरु भएको बताइएको छ ।
बर्ड फ्लु सम्बन्धी जनचेतना मुलक कार्यक्रम एवं सन्देशहरु स्थानीय रेडियोबाट प्रशारण गराउने, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट पशु चेक पोष्ट क्वारेन्टाइन औरैया, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, कुखुरा व्यवसायी संघको सहितको टोलीले नियमित रुपमा सिमावर्ती क्षेत्रमा रहेको पोल्ट्री फर्ममा राखिएको चल्ला सम्बन्धि कागजातहरु चेकजाँच गर्ने, सिमानाकाहरुको स्थानीय तहको पदाधिकारीहरु संग अन्तरक्रिया गरी सचेतना जगाउन लगायतको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
यसैगरी भारतको विभिन्न राज्यमा देखापरेको बर्ड फ्लुलाई मध्यनजर गर्दै सिमावर्ती क्षेत्रमा निगरानी बढाउनको साथै कुखुराको चल्ला, फुल लगायतको सामानहरु ल्याउनमा पूर्ण प्रतिबन्ध लगाउने यदी प्रवेश गरेको खण्डमा पक्राउ परेको खण्डमा पशु ऐन २०५५ र पशु सेवा नियमावली २०५६ अनुसार पशु पंक्षिलाई नष्ट गरी मानिसलाई दण्ड जरिवाना गर्ने निर्णयहरु भएको हुँदा सोको पूर्ण रुपमा पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मेवारी दिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।