पटना । भारतको विहार राज्यको बैशालीमा भारत–नेपाल समिट २०२२ मा १८ बुंदे माग सम्बोधनका साथ सम्पन्न भएको छ ।
मिडिया फर बोर्डर हारमोनी भारत नेपालद्धारा बैशालमामा जुन २५–२६ दुई दिने भारत नेपाल समिट सम्पन्न भएको हो ।
भारतको बिहार बैशालीमा सम्पन्न भएको सम्मेलनमा सहभागी दुवै देशका अभियन्ताहरुले १८ बुँदे मागको सम्बोधनका लागि आ आफ्नो देशका सरकारसँग पहल गर्ने निर्णय गरेको हो । सम्मेलनमा पास गरिएको मागपत्रमा पर्यटन, कृषि, पूर्वाधार, यातायात, सञ्चारदेखि सामाजिक सम्बन्धका सरोकार समेटिएका छन् ।
दुवै देशका नागरिक एकअर्का देशको रोजगारी र व्यापार व्यवसायमा रहेकाले उनीहरूका समस्या सहजीकरण हुनुपर्नेमा प्रतिवद्धता जनाइएको छ । दुवै देशका नागरिकलाई आ–आफनो देशको नागरिकता वा सरकारी परिचय खुल्ने प्रमाणका आधारमा बैंक खाता खोल्न र मोबाइलको सीम कार्ड लिन सहजीकरण हुनुपर्ने मागहरु पारित भएको छ ।
व्यावसायिक, पर्यटकीय, धार्मिक र सामाजिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिएको छ । भारतबाट नेपलामा फोन गर्दा टेलिफोन महसुल बढी भएकाले शुल्क घटाउन माग गरिएको छ । नेपालको वैदेशिक व्यापारमा भारत मुख्य साझेदार भएकाले यसबाट व्यापारिक सम्बन्ध पनि सहज हुने दाबी अभियन्ताहरूले गरेका छन् । टेलिफोन महसुल घटाएर सामाजिक र आर्थिक सरोकारलाई सहज बनाउन आग्रह गरिने भएको छ । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई नगद भारतीय रुपैयामा लगाइएको सीमा र प्रतिबन्ध हटाउने सम्बन्धमा पहल गरिने भएको छ । नेपालमा १०० रुपैया भन्दा बढीका भारतीय मुद्रा र २५ हजार भन्दा बढी नगद बोक्न प्रतिबन्ध लगाइएको छ । यो जानकारीको अभावमा नेपाल भित्रिएका पर्यटकलाई समस्याको सामना गरिरहनु परेको छ ।
तोकिएभन्दा बढी वा प्रतिबन्ध लगाइको दरको भारतीय मुद्रा लिएर आएका भारतीयलाई प्रहरीले पक्राउ गरी थुनामा पठाउने गरेको छ । यसबाट नेपालमा भारतीय पर्यटकको आवागमन सकसपूर्ण बनेको भन्दै यो प्रतिबन्ध हटाउनुपर्ने माग गरिएको छ । यसको विकल्पमा एटीएम कार्डको प्रयोगलाई सहज बनाउन सुझाव समेत दिइएको छ । पर्यटक लिएर नेपाल प्रवेश गरेका भारतीय सवारी साधनसँग स्थानीय तहले अनाधिकृत रुपमा कर असुल गरेकोप्रति पनि ध्यानाकर्षण गराइने भएको छ ।
यस्ता समस्याबाट भारतबाट नेपाल भित्र्निे पर्यटकलाई अनावश्यक समस्या भोग्नु परेको उल्लेख गरिएको छ । भारतीय निजी सवारी साधनको प्रवेश सहज बनाउनुपर्ने र यसका लागि प्रवेश शुल्क घटाउनुपर्ने माग गरिएको छ । अहिले नेपाल प्रवेश गर्ने भारतीय निजी सवारी साधनसित भन्सारले दैनिक ५ सय रुपैयाँ शुल्क लिने गरेको छ । सीमावर्ती भारतीय शहर रक्सौल र मुजफ्फरपुरका विमानस्थल तत्काल सञ्चालनको माग समेत गरिएको छ । रक्सौल विमानस्थल सञ्चालनमा आउँदा बारा–पर्सा औद्योगिक कोरिडोर र आसपासका नेपालीलाई समेत भारतका विभिन्न स्थानमा आवागमनमा सहज हुने भन्दै वीरगञ्जको निजीक्षेत्रले पनि पहल गर्दै आएको थियो ।
औद्योगिक र व्यापारिक प्रवद्र्धनको सम्भावनाका लागि रक्सौल विमानस्थलको सञ्चालन महत्वपूर्ण हुने दाबी गरिएको छ । रक्सौलबाट भारतको राजधानी दिल्लीका लागि एक्सप्रेस मैत्री रेल सञ्चालनको पनि माग गरिएको छ । नेपालमा खेतीको समयमा मलको हाहाकार हुने गरेकोमा यस्तो समस्या समाधानका लागि सीमावर्ती क्षेत्रका बेग्लै कार्यविधि बनाइनुपर्ने माग गरिएको छ ।
नेपालका किसानले सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल भित्रयाउने मलको ढुवानी र उपयोगलाई सहजीकरण गर्नुपर्ने माग गरिएको छ । नेपाल सकारले खेतीको समयमा मल उपलब्ध गराउन नसकेको अवस्थामा किसानले भारतबाट भित्र् ियाउदा सीमानामा खटिएका नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले रोक्ने र कुटपिटसमेत गर्दै आएका छन् । मलको ओसारपसारलाई एउटा बेग्लै कार्यविधि बनाएर व्यवस्थित गरिनु पर्ने र यसबाट सीमावर्ती क्षेत्रका नेपालका किसानलाई सहज हुने सुझाव दिइएको छ । नेपाल र भारतको सीमानामा खटिएका सशस्त्र सुरक्षा बलवीच सीमाक्षेत्रका स्थानीय सरोकारलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्नेबारेमा बेलाबेलामा अन्तरक्रिया हुनुपर्ने माग अघि सारिएको छ । समन्वयको अभावमा सुरक्षाकर्मीबाट स्थानीय बासिन्दा, सञ्चारकर्मी, व्यवसायीमाथि दुव्र्यवहारका घटना भइरहेको दाबी गरिएको छ ।
कार्यक्रममा जनकपुर स्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले माता जानकी र भगवान श्रीरामको कालदेखि चलिआएको सम्बन्ध जोगाउन दुई देशका सबै नागरिकको साझा दायित्व रहेको बताए । वैशाली स्थित थाइ मन्दिरका प्रमुख डा. पिसी चन्द्राले दुई देशबीचको सम्बन्ध बिश्वमैं विशिष्ट रहेको बताए । कार्यक्रममा भारतका बिभिन्न पार्टीका विधान सभा सदस्यहरु, नेतागण, पत्रकार र नागरिक समाजका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालतर्फबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र होटल तथा पर्यटन ब्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त नेपाल भारत मैत्री सम्मानबाट सम्मानित भएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन