ब्रिक्समा पाकिस्तानको इन्ट्रिको बिषयमाथि भारतद्वारा ब्रेक

340 Shares

ब्रिक्स सम्मेलनमा पाकिस्तानको सहभागीतालाई भारतले पूर्ण विराम लगाएको छ ।
चीनमा यही जुन २३ र २४ मा सम्पन्न १४ औं ब्रिक्स सम्मेलनमा पाकिस्तानलाई सहभागी गराउने योजनामा भारतले ब्रेक लगाइ दिएको छ।
पाकिस्तानी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ब्रिक्स सम्मेलनमा सहभागी गराउने चीनको योजनामा भारतले रोक लगाएको संकेत गरेको छ। यद्धपी पाकिस्तानले भारतको नाम भने उल्लेख गरेको छैन।
पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, ’ब्रिक्स सम्मेलनमा वैश्विक विकासका विषयमा भएको उच्चस्तरीय संवादमा चीनले पाकिस्तानलाई पनि सहभागी गराउने प्रयास गरेको थियो। तर, एक सदस्य देशले पाकिस्तानको सहभागीता हुन नहुने भन्दै रोकेको थियो।’

ब्राजिल, रुस, भारत, चीन र दक्षिण कोरिया सम्मिलित समूह ब्रिक्समा चीनले गैर सदस्यको रुपमा पाकिस्तानलाई आमन्त्रण गर्न खोजेको जनाइएको छ। विदेश मन्त्रालयले भनेको छ, ’दुर्भाग्य, एक सदस्य देशले पाकिस्तानलाई आमन्त्रण गर्ने कुरामा रोक लगाएको थियो। यस बैठकमा करिब दुई दर्जन गैर–सदस्य राष्ट्रहरु सहभागी भएका थिए।’

पाकिस्तानले भविष्यमा ब्रिक्स समावेशी सिद्धान्तका आधारमा विकासशील राष्ट्रको हितलाई प्राथमिकतामा राख्ने र संकिर्ण राजनीतिभन्दा माथि उठ्ने विश्वाससमेत व्यक्त गरेको जनाइएको छ।
पाकिस्तानी विदेश मन्त्रालयले चीनको तारिफ गर्दै चीनले विकासशील देशको हितलाई प्राथमिकतामा राखेको जनाएको छ। चीनसँग मिलेर विश्व शान्तिका लागि जोडदार आवाज उठाइरहने पनि पाकिस्तानले जनाएको छ।

यसअघि पाकिस्तानमा सम्पन्न भएको इस्लामिक देशहरुको साझा संगठन (ओआईसी) मा पनि भारतलाई सहभागी गराउने अन्य मुलुकहरुको प्रयासमा पाकिस्तानले रोक लगाएको थियो। ओआईसीमा भारतलाई सदस्यता दिने कुराको पाकिस्तानले सुरुदेखि नै विरोध गरिरहेको छ।

जुन २३–२४ मा बेइजिङ सम्मेलन ७५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो। १४ औं ब्रिक्स बेइजिङ घोषणापत्रमा बहुपक्षवादप्रतिको प्रतिबद्धता, समावेशी, प्रतिनिधि तथा सहभागितामा आधारित र अन्तर्राष्ट्रिय कानुनमा आधारित विश्वव्यापी शासन व्यवस्था, अन्तर्राष्ट्रिय प्रणालीमा संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिकामा जोड दिनेलगायतका कुराहरु ७५ बुँदे घोषणापत्रमा उल्लेख गरिएका छन्।

उक्त घोषणापत्रले विकसित मुलुकहरुले कम विकसित र विकाशील मुलुकहरुलाई आर्थिक सहायता गर्ने नीति लिनुपर्ने पनि आग्रह गरिएको छ। पछिल्लो परिवर्तन विश्व व्यवस्थामा बेइजिङ घोषणापत्रको विशेष महत्व रहेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।

ग्लोबल टाइम्सले थप भनेको छ, ’रुस–युक्रेन युद्ध र महामारीको विषयलाई उठाएर ब्रिक्सबाट भारतलाई अलग गर्ने ब्रिक्सलाई विभाजित गर्ने अमेरिकाको सोच रहेको थियो। यद्पि ब्रिक्स उनीहरु (अमेरिका तथा पश्चिमा)ले डिजाइन गरेजस्तो विभाजित भएन र झन बलियो र एकबद्ध भएको सन्देश दिएको छ।’

ब्रिक्स घोषणापत्रमा ८९ पटक ’विकास’ र १०५ पटक ’सहकार्य’ शब्दको प्रयोग गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन सम्बोधनका क्रममा भने, ’ब्रिक्स मुलुकहरु संकुचित क्लब र सीमित घेरामा रहनका लागि भेला भएको छैन। यो एक बृहत परिवार र पारस्परिक समर्थन र विन–विन सहकार्यका लागि एक ठाउँमा उभिएको छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।