लामो समय देखि अवरुद्ध रहेको नेपाल भारत बीच सीमा सम्बन्धि वार्ताको लागि ढोका खुल्यो

484 Shares

नयाँ दिल्ली । विगत सात बर्ष देखि नेपाल भारत बीच सीमा सम्बन्धि अबरुद्ध हुँदै आएको वार्तालाई नेपालको आग्रहमा भारतले चासो दिएर नयाँ दिल्लीमा बैठकको आयोजना गरेर समस्या समाधान गर्न उपाय खोजियो ।
विभिन्न बहानामा सन् २०१५ देखि अवरुद्ध हुँदै आएको नेपाल–भारत सीमा वार्ता अन्ततः नेपालको आग्रहमा, भारतमा आयोजना गरिएको हो । असारको १ र २ गते नयाँ दिल्लीस्थित ताज होटलमा दुई देशबाट सहसचिव स्तरमा सम्पन्न भएको छलफल भयो ।

तर, नेपाल पक्षले राख्नुपर्ने जति कुरा राखेर फर्किएको छ । काठमाडौँबाट १२ जना र दिल्ली दूतावासमा कार्यरत थप दुई गरी १४ को उपस्थिति र भारतीय पक्षबाट करिव ३० जनाको सहभागिता भएको उक्त बैठकमा जुटेका सहमतिको आधारमा तयार हुने डकुमेण्टसहित अब सचिवस्तरमा संवाद हुने भएको छ ।

नेपालको जोड सीमा बैठक नियमित गरौँ भन्नेमा थियो । यसबाहेक जटिल समस्याका रुपमा रहेको चेलिबेटी बेचबिखन, तस्करी, सवारी साधन व्यवस्थापनका विषयमा पनि छलफल भएको दिल्ली दूतावासबाट सहभागी स्रोतले जनाएको छ । नेपालमा दिनको ५ सय तिरेर आठ दिनको अनुमति लिई भारतीय नम्बर प्लेटका सवारी साधन भित्रिने गरेका छन् ।

तर, यताको गाडी भारत लैजानुपर्ने भयो भने ५० हजार रुपैयाँसम्म तिर्नुपर्छ । यसबारे नेपालको सिडिओ र भारतका डिएमबीच सहमतिमा समस्या हल गरौँ भन्ने सल्लाह भएको छ । नत्र, अहिले नेपालका मुख्य पर्यटकीय क्षेत्रमा भारतीय नम्बर प्लेटको गाडी यति धेरै भेटिन्छन् कि नेपालका गाडी नै हराउलान्झैँ अवस्था छ १ ताज बैठकमा दशगजा पिलरको कुरा पनि उठ्यो ।

भारतीयहरू सीमासम्बन्धी प्रसंग छेड्ने रुचिमा छैनन् । उनीहरू विभिन्न भारतीय कम्पनीबाट ठेक्का लागेका क्षेत्रमा दशगजा सफा गर्ने भन्नेमा बढी आतुर देखिन्थे । तर, नेपालको तर्फबाट सीमासम्बन्धी कार्यदलको सहमतिमा मात्रै त्यो काम गर्नुपर्ने राय पेश भयो । भारतीयहरू उनीहरूको विकासका काम जहाँ–जहाँ रोकिएका छन्, त्यहाँ–त्यहाँ दशगजा सफा गरेर काम अगाडि बढाउन चाहन्छन् । जस्तो कि, रौतहटमा सशस्त्रले भारतीय पक्षलाई दशगजा सफा गर्नमा रोकेको छ । पछि सहमति भयो, ‘आवश्यकताअनुसार गरौँ ।’

सीमापार ९क्रस बोर्डर अकुपेसन० का समस्यालाई ‘फिक्स बाउण्ड्री प्रिन्सिपल’ अनुसार टुंगो लगाउँदा सन् १८१६ मा नदीहरू जहाँ थिए, त्यहीँ पुग्नुपर्छ । त्यसो गर्दा नेपालको जमिन भारतमा, भारतको जमिन नेपालमा भेटिन्छ । नेपालले त्यस्तोमा केही गर्दैन । तर, भारतीय सुरक्षाकर्मीले नेपाली पक्षलाई खेतीपाती गर्नबाट रोक्दै आएको छ । त्यसो नगर्न एसएसबी र डिएमलाई भन्नुपर्छ भन्दा भारतीय पक्ष सहमत भएन ।

‘कहाँ कहाँ छ, हामी मिलाउँछौँ’ भनेर कुरा टारेका छन् । यो विषयमै यसअघिका उच्चस्तरीय बैठकहरूमै सहमति भइसकेको हो भनेपछि भारतीय पक्ष बल्ल ‘नेपाली साइड रिक्वेस्टेड’ अर्थात्, ‘नेपाल पक्षको अनुरोधका आधारमा’ भनेर लेख्छौँ भन्नेमा पुग्यो । उक्त बैठकमा नेपालले सीमा व्यवस्थापनको बैठक गरौँ, दुबै देशका सर्वसाधारणलाई दुःख परेको कुरालाई संयुक्त रुपमा सिडिओ र डिएमको संयन्त्रबाट हल गरौँ भन्ने कुरा राख्दा त्यसमा भने भारतीय पक्ष पनि सहमत भएको थियो ।

उक्त बैठकको सबभन्दा सकारात्मक पक्ष भारतीयहरू सीमाको बैठक गरौँ भन्नेमा पुगेका छन् । उनीहरूलाई कालापानी, सुस्तामा नेपाली पक्ष कमजोर छैन भन्ने परेको छ । त्यसैले हालसम्म टार्दै आएका हुन् । तर, अहिलेको बैठकले संवादहीनताको अन्त्य गरेको भन्दै नेपाली पक्ष उत्साहित भएर फर्किएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।