अमेरिकाले ताइवानलाई १२ करोड डलर बराबरको सैन्य सामाग्री बेच्ने एउटा प्रस्ताव अनुमोदन गरेको छ । उक्त सामाग्रीमा सैन्य जहाजको पाटपूर्जा रहेको जनाइएको छ ।
चीनले पछिल्लो समय ताइवानको नजिक समुन्द्रमा गतिविधि बढाएपछि अमेरिकाले पनि उसलाई सैन्य सामाग्री पठाउने तयारी गरिरहेको थियो । तर, चीन अमेरिकी कदमप्रति क्रुद्ध छ । चीनले ताइवानलाई सैन्य बलबाट नियन्त्रण बनाउने धम्की दिइरहेको छ ।
गत महिना मात्र ३० चिनियाँ युद्धक विमान ताइवानको सुरक्षा क्षेत्रमा प्रवेश गरेका थिए । अमेरिकी कँग्रेसको एक प्रतिनिधिमण्डल त्यतिबेला ताइवानको भ्रमणमा थिए ।
चीनले कुनैपनि बेला ताइवानमाथि आक्रमण गर्न सक्ने चर्चा छ । युक्रेनमाथि रुसले हमला गरेपछि त्यो सम्भावना अझ बढी औल्याइएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग भन्दै आएको छ । ताइवान भने स्वतन्त्र राज्यका रुपमा अमेरिकी र यूरोपेली देशहरुबाट मान्यता पाइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन