बेइजिङ । धेरै लामो देखि राजनीतिक उतार चढावका बीच चीनलाई झिनो आशा पलाएको छ ।
हालै नेपाल सरकारबाट चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रको कोटाबाट विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेपछि चीनलाई झिनो आशा पलाएको हो ।
चीनले नेपालसँग द्विपक्षीय रणनीतिक सहयोगात्मक साझेदारी विकास गर्नका लागि मिलेर काम इच्छुक रहेको बताएको छ । चीनको परराष्ट्र मन्त्रालयले बुधबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ जतिसक्दो चाँडो चीन आउने प्रतीक्षारथ रहेको बताएका छन् ।
परराष्ट्र प्रवक्ता चाउ ली च्येनले नवनियुक्त नेपाली राजदूतलाई स्वागत गर्न इच्छुक रहेको बताए । उनले नवनियुक्त राजदूतको आगमन सँगै विगतमा दुई देशका शीर्ष नेताहरू बीच भएका सहमति कार्यान्वयन हुने अपेक्षा गरेको बताए । उनले भने, ‘दुई देशका नेताहरूले गरेका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, राजनीतिक विश्वासलाई गहिरो बनाउन, आपसी हितकारी सहयोगको प्रवर्द्धन गर्न र द्विपक्षीय रणनीतिक सहयोगात्मक साझेदारी विकास गर्नका लागि नेपाली पक्षसँग मिलेर काम गर्न चीन इच्छुक छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई गत बिहीबार राजदूत नियुक्त गरेकी थिइन् । एक साता भित्र चीनले पनि नियुक्तिको समर्थन गर्दै सहकार्यको अपेक्षा प्रकट गरेको हो । पत्रकार सम्मेलनमा नेपालकी राष्ट्रपतिले भर्खरै चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेका उम्मेदवारबारे चीनको टिप्पणी मागिएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।
माओवादी केन्द्रको कोटाबाट पठाइएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ अनुसार राजदूतमा नियुक्त गरेकी थिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन