काठमाडौं, १६ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याव एण्ड डाग्नोसिटक सेन्टर बीच सेवा प्रदान गर्ने सम्बन्धी एक समारोहका विच विहिवार काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं प्याथ ल्याव एण्ड डाग्नोसिटक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले एक समारोहका बीच संयुक्त रुपमा हस्ताक्षर गरेर सम्झौता भएको हो ।
संयुक्त रुपमा भएको सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, शेयरधी तथा ग्राहकहरुलाई काठमाडौं प्याथ ल्याव एण्ड डाग्नोसिटक सेन्टर महाराजगंजले प्राप्त हुने सबै प्रकारका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने भएको हुँदा आइएमई जनरलका सम्पूर्ण कर्मचारी लगानीकर्ता तथा ग्राहकहरुले आवश्यक्ता अनुसारको सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
यसै अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर सँग आवद्ध लगानी कर्ता, कर्मचारी तथा अन्य ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने प्रमुख कानुन विभाग तथा कम्पनी सचिव उमा जोशीले हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन